
काठमाडौं । हजार सिंह लामा (उईपा लोसेल रिन्पोछे)लाई सम्मान गरेका छन्। मंगलबार ग्लोबल खबर नेपाल मिडिया प्रा.लि. ले एक कार्यक्रमका बिच सम्मानपत्र सहित सम्मान गरेका हुन्।
लामाले दक्षिण भारतको गेलुग्पा बौद्ध विश्वविद्यालयबाट बौद्ध धर्मका पाँच प्रमुख ग्रन्थहरूमा आफ्नो अध्ययन सफलतापूर्वक पूरा गर्नुभई गेशे ल्हारामपा डिग्री (बौद्ध दर्शनमा विद्यावारिधि) प्राप्त गर्नु भएको थियो । बौद्ध दर्शन सम्वन्धि २५ वर्ष भन्दा लामो समय भारत लगायत विभिन्न देशमा अध्ययन पछि पाँच प्रमुख ग्रन्थहरू प्रमण वर्तिका, प्रज्ञापरा मिता, माध्यमिका, अभिधर्म कोष र विनय पिटकमा (बौद्ध दर्शनमा विद्यावारिधि) स्नातकोत्तर (PhD) गर्नुभएको हो ।


काठमडौंको गोकर्णेश्वर नगरपालिका ९ मा रहेको कदम्पा गुम्बामा यही चैत १ गते भएको मोनलाम चेन्मो (महान प्रार्थना महोत्सव)को अवसरमामा लामालाई कदम्पा गुम्बाका परम पुज्यनिय धर्मगुरु फुछ्युङ्वा रिन्बोछेबाट प्रथम श्रेणीका साथ गेशे ल्हारम्पा डिग्री (बौद्ध दर्शनमा विद्यावारिधि) प्रदान गरिएको थियो ।
ग्लोबल खबर मिडिया प्रा.लि. का अध्यक्ष मान बहादुर योन्जन, प्रकाशक अमृत योन्जन तामाङ र संचालक मोतीलाल मोक्तानले गेशे हजार सिंह लामा (उईपा लोसेल रिन्पोछे)लाई बधाई सहित सम्मान गरेका थिए ।
साथै सो अवसरमा ग्लोबल खबर मिडिया प्रा.लि. द्धारा संचालित www.globalkhabars.com का संचालक पत्रकार मोतीलाल मोक्तान, सामाजिक क्षेत्रमा सक्रिया इन्द्र बहादुर मोक्तान, डम्बर बहादुर मोक्तान र धनवीर मोक्तानको ममतामयी माता स्व. माइली माया मोक्तानको १३ औं दिन (ङो) पुण्य तिथिको अवसरमा ग्लोबल खबरद्धारा गेशे हजार सिंह लामा (उईपा लोसेल रिन्पोछे)को उपस्थितिमा श्रदाञ्जली अर्पण गर्नुभएको थियो ।