खानीखोला,काभ्रे । जिल्लाको खानीखोला गाउँपालिका वडा न : ५ को पार्टी कार्यलय उदघाटन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य तथा बागमती प्रदेश प्रशिक्षण बिभागका सह इन्चार्ज डिपि ढकालको प्रमुख अतिथ्यतामा भएको हो ।

कार्यक्रममा बागमती प्रदेश सचीव एवम् खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ ( छिन्ताङ), नेकपा माओवादी केन्द्र भक्तपुर नगर कमिटी अध्यक्ष सुनिल बासु , काभ्रे जिल्ला कमिटी सचीव दबैलाल घिसिङ, खानीखोला इन्चार्ज मिना पाख्रीन, खानीखोला गाउँकमिटी अध्यक्ष खडक बहादुर जिम्बा ( अविरल ) वडा न: ५ का अध्यक्ष बुद्धि बहादुर स्याङ्तान ( बाबू) लगायतका नेताहरुले प्रशिक्षण दिएका थिए ।

कार्यक्रम बोल्दै प्रमुख अतिथि डिपि ढकालले समुदायमा रहेको जातीय वर्ग विभेद अन्त्य गर्नकाकै लागि माओवादी नै आउनु पर्ने र जनताको घर दैलोमा समस्य समाधान गर्नकै लागि हरेक स्थानीय तह र प्रदेश तथा संघमा जित्नु पर्ने जिकिर गरे । माओवादी पार्टीले जनताको आवश्यकता र हरेक विकासमा अरु पार्टीको तुलनामा अग्रता रहेता पनि गरेको कामको प्रचारप्रसारमा कमि आएको बताए । अरु पार्टीले आफ्नो पचास प्रतिशत काम गरेर सय प्रतिशत प्रचारप्रसार तर माओवादीले गरेको बिकास र बेथिती अन्त्त गरे पनि प्रचारप्रसारमा कमि रहेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथी बागमती प्रदेशका सचीव तथा खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ ( छिन्ताङ) ले जनताको हित र जनताको साथ र सहयोगमा सदबहार सवैब रहने र जनताको समस्य र आवश्यकता जुट्ने र सहयोग गरिरहेको बताए । वडा कमिटीको कार्यलय उदघाट्न तथा प्रशिक्षण कार्यक्रम सम्बोधन गर्दै थिङ्ले पार्टी एक ढिक्का भएको र अब गतिशीलरुपमा अघि बढ्ने बताए । समाजको रुपान्तरण र दिगो बिकासका लागि माओवादी नै आवश्यक रहेको उन बताए । अब टोल टोलमा छिरेर पार्टी बनाउन आदेश समेत दिएका थिए । उत्पीडित वर्गको तथा जनताको आवश्यकता अनुरुप यो पार्टी चल्ने र जनसमुदायहरु समस्यलाई समाधान गर्न तिर माओवादी सधैसंगै रहेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय