काठमाडौं । नेपाली हिन्दूहरुको पर्व होली नजिकिँदै गर्दा यस पर्वलाई मर्यादित रुपमा मनाउन प्रहरीले अनुरोध गरेको छन् । होली पर्वमा इच्छा विपरीत
जबरजस्ती रङ दल्नेलाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाउने भएको छन् ।

होलि पर्वलाई मर्यादित रूपमा मनाउनुपर्ने कोहि कसैले पनि इच्छाविपरीतका कार्य भए प्रहरी कानुनी रूपमा प्रस्तुत हुने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । यस वर्षको होलीमा १७ सय प्रहरी प्रत्यक्ष काठमाडौंमा परिचालन भनिएको छ ।

यसबाहेक रिजर्भ फोर्स समेत हुनेछन् । वसन्तपुर, सानोगौचरण, भृकुटीमण्डप, ठमेल, असन, नयाँ बानेश्वर, लैनचौरलगायत दुई दर्जन क्षेत्रमा बाक्लो सुरक्षा उपस्थिति बढाइने उनले जानकारी दिए । उनका अनुसार जबरजस्ती लोला हान्ने, रङ दल्ने, गैरकानुनी क्रियाकलाप गर्नेमाथि निगरानी राख्न सादा पोसाकका प्रहरी समेत परिचालन हुनेछन् । होली सुरक्षाको कमान्ड डीएसपी र इन्सपेक्टरले गर्ने प्रहरी तयारी छ ।

‘होलीका नाममा कसैमाथि पनि जबरजस्ती भएको पाइएमा प्रहरी कानुन अनुसार अगाडि बढनेछ । ‘सबैले पर्वलाई मर्यादित र संयमति रूपमा मनाऔँ । मदिरालगायत अन्य लागुऔषधजन्य पदार्थ सेवन गरेर होली खेलेको पाइएमा पनि प्रहरी कडा रूपमा प्रस्तुत हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय