![](https://globalkhabars.com/wp-content/uploads/2022/03/Madhav-Nepal-2.jpg)
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा ‘कलमले कमाल गर्ने’ बताएका छन् । उनले आगामी वैशाख ३० मा हुने स्थानीय तहको चुनावमा पार्टीको चुनाव चिह्न ‘कलमले कमाल गर्ने’ बताएका हुन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा आयोजित होली पर्व विशेष कार्यक्रममा उनले प्रचार अभियान गाउँ–गाउँमा पुर्याउन नेता–कार्यकर्ताहरूलाई निर्देशन पनि दिए ।
![](https://globalkhabars.com/wp-content/uploads/2024/02/Chhar-Nepal-Construction-Pvt.-Ltd.-247x300.jpg)
![](https://globalkhabars.com/wp-content/uploads/2024/07/MAHABHARAT-GAUPALIKA-BIPAT-240x300.jpg)
“वैशाख ३० गतेको चुनावको बेलामा कलमको कमाल देखिन सक्नुपर्दछ । सत्य र न्यायको रूपमा रहेको त्यो कलमले अवश्य कमाल गर्नेछ भन्ने आशा गर्दै कलमको प्रचार अभियानमा गाउँ–गाउँ, टोलमा जनताको माझमा पुगौँ ।”
उनले पार्टीको समार्थ्य चुनावमा देखिने पनि बताए । खिसिटिउरी गर्नेहरूको हरिबिजोग चुनावले नै देखाउने उनको भनाइ छ । घमण्डको पोको भएको रावणको नाश भएजस्तै होलिका दहन भएजस्तै त्यस्ताहरूको नाश, दहन हुनु पर्ने प्रतिक्रिया दिए ।