काठमाडौँ । आउँदो वैशाख ३० गते देशमा स्थानीय तहको निर्वाचन हुन लागेको छ । निर्वाचनसँगै अहिले गाउँ–गाउँमा विभिन्न पार्टीका पार्टी प्रवेश कार्यक्रम चलिरहेका छन् ।

पछिल्लो समय निर्वाचनको समय नजिकिएसँगै ५ वर्ष हराएका जनप्रतिनिधिहरु पनि गाउँ तथा निर्वाचन क्षेत्रमा देखिन थालेका छन् । देश संघीयतामा गएपछि पहिलोपटक स्थानीय तहमा जनप्रतिनिधिहरू आएका थिए ।

तर, उनीहरूले निर्वाचनको समयमा मतदातालाई धेरै आश्वासन दिएको भएय तापनि मतदाताको लागि नभई आफ्नो लागि गरेको भन्दै उनीहरू रुष्ट बनेका छन् ।

मतदाताहरुको ५ वर्षको अवधिमा खासै विकास नभएको बताएको र जनप्रतिनिधिहरूले आफूहरूको समस्या बुझ्न नआएको गुनासो छ । उनीहरुले फेरि निर्वाचनको मिति तोकिएसँगै गाउँ–गाउँमा जनप्रतिनिधि तथा पार्टीका नेताहरू देखिन थालेको पनि बताउँछन् ।

तर जनप्रतिनिधिहरुले भने आफूहरू आएपछि धेरै विकास निर्माणको काम गरेको दाबी गर्छन् । आफूहरूले जनताहरूको समस्या नजिकबाट बुझेको र त्यहीअनुरूप ५ वर्षको अवधिमा काम गर्दै आएको बताउँछन् ।

त्यस्तै २० वर्षसम्म देशमा जनप्रतिनिधिविहीन हुँदा धेरै समस्या भोगेका जनताहरूले आफूहरू आइसकेपछि त्यसबाट मुक्त भएको समेत उनीहरुको भनाई छ ।
उनले आफ्नो वडामा सडक, स्वास्थ्य, शिक्षा, सिञ्चाइ, खानेपानी जस्ता कुरामा धेरै काम गरेसँगै कुनै न कुनै माध्यबाट जनतासँग जोडिँदै आएको पनि बताउँछन् ।

काभ्रेका विभिन्न स्थानीय तहका मतदाताहरूले पहिलोपटक पठाएका जनप्रतिनिधिहरू खासै राम्रो काम नगरेको भन्दै अबको निर्वाचनमा पार्टीभन्दा पनि व्‍यक्तिलाई भोट दिने बताउँछन् ।

एक स्थानीयले भने, ‘अहिलेका जनप्रतिनिधिहरूलाई हामीले राम्रो गर्नु हुन्छ, भनेर जिताएका थियौँ । तर, उहाँहरूले हामीले सोचे जस्तो काम गर्नुभएन । अबको निर्वाचनमा पार्टीलाई होइन । जसले हाम्रो लागि काम गर्नसक्नु हुन्छ । त्यस्ता व्‍यक्तिलाई भोट दिन्छु ।’

अधिकांश पालिकाका जनता जनप्रतिनिधिहरूको कामप्रति सन्तुष्ट छैनन् । ५ वर्षसम्म गाउँघरमा नदेखिएका जनप्रतिनिधिहरूले पार्टी प्रवेश गराउने बहानामा गाउँघरमा देखिन थालेको छ ।

‘स्थानीय राम तामाङले भने, ‘जनप्रतिनिधिहरू ५ वर्षसम्म कता लुके, कता बसे । अहिले गाउँ घरमा निर्वाचनको मिति घोषणा भएपछि आउन थालेका छन् । जनताको मन जितेरभन्दा पनि कसरी हुन्छ, जनतालाई भुलभुल्याइ सत्तामा पुग्न तयारी गर्दैछन् ।’

उनले निर्वाचनको बेला मात्र नभई जनप्रतिनिधिहरू जनताको बीचमा सधैँ आउनु पर्नेसमेत बताए । त्यस्तै उनले क्षणिक लोभ लालच देखाएर पार्टी प्रवेश गराउँदैमा राम्रो नहुने भन्दै जनताको मन जितेर राजनीति गर्नुपर्नेसमेत बताए ।

अहिलेका जनप्रतिनिधिहरूले निर्वाचनको समयमा नागरिकलाई विभिन्न आश्वासन देखाएको भएयता पनि तीमध्ये केही पूरा भएयता पनि केही उस्तै हुँदा अहिलेका नागरिकहरू रुष्ट बनेका छन् ।

जनप्रतिनिधिहरुले जनताको घरदैलोमा नपुगेको भन्ने कुरामा सत्यता नभएको दाबी गरे । निर्वाचनको समयमा आफूहरूले गरेका प्रतिबद्धता पत्र हेरेर अहिलेसम्म गरेका काम र नभएका कामको बारेमा समीक्षा गर्न लागेको पनि बताए । त्यस्तै, उनले आफूहरूले प्रतिबद्धता गरेभन्दा पनि धेरै काम गरेका दाबी गरे ।

त्यस्तै जनप्रतिनिधिहरूले सानादेखि महत्वकाक्षी योजनाहरू ल्याउनु पर्ने बताए । उनीहरुले ५ वर्षभित्रमा सबै समस्याहरू पूरा गर्न नसकिएको भन्दै ती विस्तारै पूरा हुनेसमेत बताए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय