काठमाडौं । तराना महिला विकास समितिकाे आयाेजनामा जनचेतना अभिवृद्धि तथा फाेहाेर-व्यवस्थापन सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । समितिले शनिबार आफ्नाे सरसफाइ अभियान १८० औं शृङ्खला पार गरेकाे अवसरमा गोकर्णेश्वर नगरपालिका वडा न. ५ को सहयोगमा फाेहाेर व्यवस्थापनका महत्वबारे जनचेतना अभिवृद्धि तथा घरेलु फोहोरको स्रोतमा नै व्यवस्थापन विधिबारे प्रशिक्षण प्रदान गरेको हाे ।

कार्यक्रमलाई उद्घाटन गर्दै नगर उप-प्रमुख सान्न्नानी लामाले नागरिकहरूमा आफुबाट सिर्जित फाेहाेर आँफैले व्यवस्थापन गर्नुपर्छ भन्ने भावना हुनुपर्ने बताउनुभयाे। तराना महिला विकास समितिले सरसफाइ सँगै फाेहाेर व्यवस्थित कसरी गर्ने भन्ने कार्यक्रम गरिरहेकाेमा धन्यवाद व्यक्त गर्दै उप-प्रमुख लामाले अझै जनचेतना मुलक कार्यक्रमले नागरिकमा सहयाेग पुग्ने समेत धारण व्यक्त गर्नुभयाे ।

आफुले सिकेसकेपछि छरछिमेक सबैलाई सन्देस पुर्याउन अनुरोध गर्दै वहाँले दुईचार वटा टाेलसमुह र महिला समूह लागेर मात्रै नहुने भएकाले सबै नागरिककाे हातेमालो भएमा साच्चिकै सफा र स्वच्छ टाेल, नगर हुनेछ भन्नेमा विश्वास व्यक्त गर्नुभयाे । घर, टोल सफा भए मन सफा हुने बताँउदै उप-प्रमुख लामाले फोहोर व्यवस्थापन भए रोग पनि व्यवस्थापन हुने बताउनुभयो । साथै, नगरले जनचेतना अभिवृद्धि कार्यक्रम, अव्यवस्थित फोहोरबाट हुने नोक्सानी, व्यवस्थित गर्दा हुने लाभ लगायत विषयमा कार्यक्रमहरू गर्दै आएकाे र आगामी दिनमा पनि गर्दै जाने बताउँदै यस्तो कार्यमा नगरवासीको व्यापक सहयोग अपरिहार्य रहेकाे उल्लेख गर्नुभयाे ।

यस्तै, वडा अध्यक्ष नाराण बहादुर सुवेदीले आफ्नाे टाेल आँफै सफा गर्नुपर्छ भन्ने भावले तरानाले प्रत्येक हप्ता कार्यक्रम गर्दै आएपनि अझैपनि नागरिकमा चेतनाकाे कमि भएको महशुस गर्नुभएको थियाे । कुनै न कुनै दिन मानिसमा चेतना आएर आफ्नाे घर टाेल सफा हुने बताउँदै वहाँले आगामी दिनमा संघ संस्था, समितिहरूलाई तालिम मात्रै नभएर आत्मनिर्भर हुने कार्यक्रमहरू समेत गर्न आग्रह गर्नुभयो ।

यसैगरी, लालिगुरास टोल सुधार समितिका अध्यक्ष घनश्याम लामिछाने, पूर्व वडा सदस्य दुर्गा फुयाल तिम्सिना, समाजसेवी मान बहादुर तामाङ लगायत कार्यक्रमलाई सम्बाेधन गर्नुहुने अधिकांशले समय सान्दर्भिक कार्यक्रम राखेकाेमा समितिलाई धन्यवाद व्यक्त गर्दै एकता र सकृयताले मात्रै यस्ताखाले कार्यहरू गर्न सम्भव भएको बताउनुभएकाे थियाे । गाेकर्णेश्वरमा मात्रै नभई फाेहाेरबाट आक्रान्त मानिसलाई चेतना दिई राख्नु भएकोले आगामी दिनमा हातेमालो गर्दै सहकार्य गरि काम गर्ने वहाँहरूले प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

मेराे फाेहाेर मेराे जिम्मेवारी भन्ने भावना सबैमा हुनुपर्ने बताउँदै वरिष्ठ समाजसेवी एवं वागमती सफाइ अभियान्ता प्रशिक्षक उत्तम पुडासैनीले फाेहाेर कति प्रकार छन्,घरकाे कसरी वर्गीकरण /व्यवस्थापन गर्ने विषयमा प्रशिक्षण दिनुभएको थियाे। अनावश्यक प्याकेजिङ कम गरी सम्भव भएसम्म वस्तुहरू पुनः प्रयोग गरी, कागज, प्लास्टिक, गिलास र धातु जस्ता सामग्रीहरू पुनः प्रयोग गरेर फाेहोरको मात्रा घटाउन सहयोग पुग्ने प्रशिक्षक पुडासैनीले बताउनुभयो । जैविक फोहोर, जस्तै भान्साको कम्पोस्टिङले ल्यान्डफिलहरूमा जाने फोहोरको मात्रा कम गर्ने बिरुवाहरूको लागि पोषक तत्वले भरिपूर्ण मल सिर्जना गर्न सकिने भएकोले वहाँले यसकाे विधि र प्रक्रियाबारे जानकारी दिनुभएको थियाे ।

आफुहरूले सरसफाइ मात्रै नभई फोहोरमैला न्यूनीकरण, उचित फोहोर छुट्याउने र जिम्मेवार फोहोर व्यवस्थापनको महत्त्वबारे नागरिकहरूलाई सचेत गराउन जनचेतनामूलक अभियानहरू सञ्चालन गर्दै आएकाे तराना महिला समितिकी अध्यक्ष बसन्ती लामाले बताउनुभयाे । साथै, आगामी दिनमा उत्पादनमुलक कार्यक्रमहरू राखी महिला दिदिबहिनीहरूलाई आत्मनिर्भर बनाउने याेजना रहेकाले यसका लागि वडा र नगरकाे साथ सहयाेग मिल्नेमा अध्यक्ष लामाकाे विश्वास छ । कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुभएका सम्पूर्ण समिति पदाधिकारीहरू सबैमा धन्यवाद व्यक्त गर्दै स्थान उपलब्ध गरिदिनुभएकोमा माउन्ट सम्मिट स्कुल स-परिवारप्रति हार्दिक आभार व्यक्त गर्नुभएकाे थियाे ।

कार्यक्रममा नारायणटार योग साधना केन्द्रका अध्यक्ष केशव प्रसाद दंगाल,मडगाल टोल निर्माण उभोक्ता समितिका अध्यक्ष गायत्री दङ्गाल, परिवर्तन समाजका अध्यक्ष सुमित्रा रिजाल दंगाल, शुभ बिहानी महिला समुहका अध्यक्ष गंगा खतिवडा, पिपल चौतारी महिला समाजका अध्यक्ष शीता पुरी,खान्डोमा आमा समुहका अध्यक्ष मिना वाईबा,समाजसेवि एवं अभियन्ता दुर्गा सापकाेटा ,समाजसेवी गीता कट्टेल केसी, डोलेगाल टोल सुधार समितिका अध्यक्ष केन घले,समाजसेवी गणेश गिरि, उदास लक्ष्मी देवी लगायत विभिन्न संघ सस्थाका प्रतिनिधि, समाजसेवी,सल्लाहकारहरूकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय