
महाभारत, काभ्रे । काभ्रेको महाभारत गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ६० करोड १३ लाख १ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार) को अध्यक्षतामा बसेको गाउँपालिकाको १७ औँ गाउँ सभामा उपाध्यक्ष सागर मोक्तानले उक्त बजेट सभामा प्रस्तुत गरेका हुन् ।
बजेटमा शिक्षा, पूर्वाधार, स्वास्थ्य, खानेपानी, भूमि व्यवस्थापन, वातावरण संरक्षण, कृषि, यातायात र सुशासनमा विशेष जोड दिइएको छ ।


संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान अन्तर्गत रु. ८ करोड ४३ लाख, सशर्त अनुदान चालूतर्फ रु. १९ करोड ८७ लाख, सशर्त अनुदान पूँजीगत २० लाख, विशेष अनुदान पूँजीगततर्फ ६९ लाख, समपूरक अनुदान पूँजीगत १ करोड ९६ लाख, राजश्व बाँडफाँटतर्फ ८ करोड ५८ लाख ७० हजार गरी कूल रु ३९ करोड ७३ लाख ७० हजार रुपैया अनुमानित अनुदान प्राप्त भएको छ ।
त्यस्तै, प्रदेश सरकारबाट, वित्तीय समानीकरण अनुदान अन्तर्गत रु. ७८ लाख ७९ हजार, सशर्त अनुदानतर्फ १ करोड ८४ लाख ५७ हजार, विशेष अनुदानतर्फ ८० लाख, समपूरक अनुदानतर्फ ४ करोड २४ लाख, प्रदेश सवारी करतर्फ ३ करोड ११ लाख ७७ हजार ३ सय ३८ रुपैया १० पैसा गरी कूल रु ११ करोड २९ लाख १३ हजार ३ सय १० पैसा अनुदान प्राप्त हुने अनुमान रहेको छ ।
त्यस्तै, आ.व. ०८२।०८३ को आन्तरिक राजस्व आय प्रक्षेपण रु. ३० लाख, चालू आ.व. को अनुमानित नगद बैंक मौज्दात रु ८ करोड ८० लाख १८ हजार गरी जम्मा रु. ९ करोड १० लाख १८ हजार रुपैया हुने अनुमान गरिएको छ । यस आ.व. २०८२÷०८३ को कूल बजेट ६० करोड १३ लाख १ हजार रुपैयाँ रहेको छ ।
जसमध्ये, खर्चतर्फ संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान तथा राजश्व बाँडफाँड, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान तथा सवारी कर, आन्तरिक राजश्व आय र चालू आ.व. को बैंक मौज्दात समेत जम्मा रकम रु ३० करोड २४ लाख ४ हजार रुपैया रकम मध्ये कार्यालय सञ्चालन खर्चतर्फ रु ७ करोड ५० लाख ७० हजार रुपैया र विकास बजेटतर्फ रु २२ करोड ५१ लाख ७४ हजार रुपैया विनियोजन गरेको छ ।
संघ सशर्त अनुदानतर्फ प्राप्त रु २२ करोड ७२ लाख रुपैया तथा प्रदेशबाट सशर्त अनुदानतर्फ प्राप्त रु ७ करोड ३८ लाख ५७ हजार रकम गरी जम्मा रु ३० करोड १० लाख ५७ हजार रकमलाई तत् तत् तहबाट नै तय भए बमोजिम खर्च गर्ने प्रबन्ध मिलाएको छ ।
गाउँ सभामा प्रस्तुत बजेट वक्तव्य प्रस्तुत गर्दै उपाध्यक्ष मोक्तानले संविधान, नीति तथा योजना, स्थानीय आवश्यकता, जनअपेक्षा, समावेशी अभ्यास र दिगो विकासका लक्ष्यलाई मार्गदर्शकका रूपमा लिँदै बजेट निर्माण गरिएको बताए ।