
नुवाकोट । नेकपा माओवादी केन्द्रको भातृ युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल), नेपाल बाढीमा फसेकाहरूको उद्धारमा जुटेको छ। (वाइसीएल), नेपाल नुवाकोट जिल्ला अध्यक्ष जलन गजुरेलको नेतृत्वमा वाइसीएल टिम सक्रिय रूपमा उद्धारमा लागेको हो।
असार १२ गते राती करीब १२ बजे नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नम्बर १ भसीबुस्थित कोल्पुखोलामा अबिरल वर्षा सगैं आएको बाढीले जनधनको ठूलो क्षति तुल्याएको छ । उक्त बाढीले नेकपा (मावोवादी केन्द्र) का नेता लालबहादुर बलामीको गोठ बगाउदा बलामीको बुहारी वर्ष ३३ की कमला बलामीले मृत्यु भएको छ भने छोरा वर्ष ३५ को अशोक बलामी घाइते भएको छ ।


साथै बाढीले बलामी कै एउटा पाडो ८ वटा बाख्रो क्षेति तुल्याएको छ। सोही क्रममा श्यामलाल बलामीको एउटा भैसी, एउटा हाते ट्याक्टर बगाएको छ। सुरेन्द्र बलामीको गोठ र त्यहाँ रहेको ५ वटा बाख्रा क्षेति भएको छ । त्यसै गरि श्याम बलामिको गोठ र गोठमा रहेको दुहुन भैसी बगाएको छ। अन्य प्रविन बलामीको गोठ, धनराज बलामीको गोठ क्षेति भएको छ।
बाढीले ५०ओँ रोपनी खेत र खेतमा रहेका खेतीबाली समेत पूर्ण रुपले नष्ट बनाएका छन् ।
(वाइसीएल), नेपाल नुवाकोट जिल्लाको ककनी गाउँपालिकमा बाढीमा फसेकाहरूको उद्धारमा मात्रै होइन, बागमती प्रदेश भित्र र देशैभरि वाइसीएलको टिम उद्धारमा जुटेको बागमती प्रदेश सचिव ङेमसाङ लामा (प्रदिप)ले बताए।
अबिरल वर्षासँगै आएको बाढीले नुवाकोटको ककनी गाउँपालिका–१ कागतीगाँउस्थित कोल्पुखोलामा आएको बाढीले पुर्याएको क्षतिको निरीक्षण गर्न पुर्वमन्त्रि एबं सांसद हित बहादुर तामाङ घटनास्थलमा पुगेका थियो । तामाङले बाढीबाट ज्यान गुमाएकी र घाइते भएका बलामीको परिवारसहित उक्त बाढीबाट भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायहरुको ध्यानाकर्षण गरेका छन्।
घटना घटेको लगत्तैदेखि खोज उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकृत तथा जवानहरू, वाइसिएल नेपालका युवाहरु, पालिकाका अध्यक्ष सुमन तामाङ, अन्य वडा अध्यक्षहरु लगायतका जनप्रतिनिधि एवम् राजनीति दलका नेता कार्यकर्ता, समाजसेवी तथा युवाहरुको सहभागिता रहको थियो ।