काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । शुक्रबार बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बसेको बोर्डको बैठकले जेठ १६ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।

यसअघि जेठ १८ गतेदेखि सञ्चालन गर्नेबारे छलफल भएको थियो । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई मद्देनजर गरी परीक्षा समय तोकिएको उनको भनाइ छ ।

‘प्रश्नपत्र सम्बन्धित ठाउँमा कसरी पुर्‍याउने भन्ने बारेमा भने छलफल भइरहेको छ’‚ उनले भने । यो वर्ष करिब ४ लाख विद्यार्थीले १२ कक्षाको जाँच दिँदै छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय