
महाभारत, काभ्रे । महाभारत गाउँपालिकाको आयोजनामा र वडा नं. १ धापमा अवस्थित श्री भैरव माध्यमिक विद्यालयको सह आयोजनामा असार १५ गते बृक्षारोपण तथा दहि चिउरा कार्यक्रम सम्पन्न भएको छ ।
“धान बालिमा सघनता, खाध्यसुरक्षा र आत्मनिर्भरता“ भन्ने मुल नाराको साथ २२ औ राष्ट्रिय धान दिवस,बृक्षारोपण तथा दहि चिउरा कार्यक्रम २०८२ आयोजना गरेको हो । विद्यालयले व्यवहारिक शिक्षालाई जीवनमा उतार्दै रोपाइँ तथा बृक्षारोपण गरेका हुन ।


महाभारत गाउँपालिका सामाजिक बिकास सयोजक रमेश लुङेलि र कृषि बिकास प्रमुख खीम डागिको विषेश उपस्थितिमा शिक्षक तथा विद्यार्थीहरुको सहभागी हरेको थियो । राष्ट्रिय धान दिवसको अवसरमा विद्यालय नजिकैको खेतमा रोपाइँ तथा बृक्षरोपण गर्न पाउदा अतिथि, शिक्षक तथा विद्यार्थीहरु खुशी हुदै एक आपसमा शुभकामन समेत आदानप्रदान गरेका थिए ।