काभ्रे । महाभारत गाउँपालिका१ को वडा अध्यक्ष कान्छामान जिम्बा (रोहित)ले आगामी बैशाख ३० गते हुने निर्वाचनमा जनताले माओवादी रोज्नुको विकल्प नरहेको बताए । वडा अध्यक्ष समेत रहेका जिम्बाले समाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो बताएका हुन् ।
उपाध्यक्ष जिम्बाले माओवादी जनयुद्धको जगमा देशमा संविधान, संघीयत, धर्मरिपेक्षता, समावेशी समानुपतिक, जातीय छुवाछुताको अन्त्य, गणतन्त्र, राज्यको हरेक अंगमा महिला सहभागिताको सुनिश्चिता लगायतका महत्वपुर्ण उपलब्धी भएको हुँदा अब जनताको अवस्था परिवर्तन गर्नका लागि माओवादीलाई एक पटक अवसर दिनु पर्ने बताए ।
उनले निर्वाचनमा जनताले माओवादी बाहेक अरु पार्टीलाई रोजेमा देशको भविष्यमाथी नै प्रश्न चिन्ह उठ्ने निश्चित रहेको दाबी गरे । त्यस्तै उनले बेलैमा सचेत र सजगभ भई माओवादी आन्दोलनका कारण नेपाली इतिहासमा प्राप्त यी उपलब्धिहरुको रक्षा गर्दै थप विकासको लागि स्थानीय निर्वाचनमा माओवादी केन्द्रलाई विजय गराउनु पर्नेमा जोड दिए ।
उपाध्यक्ष जिम्बाले समाजिक सञ्जाल फेसबुकमा यसरी लेखेका छन्, ‘नेपालको राजनैतिक इतिहासलाई आम नेपालीले हेर्दा निरंकुश राजतन्त्रको अन्त्य गरि नेपाली समाजलाई सुवाउदो नेपालको संविधान २०७२, संविधानले परिकल्पना गरे अनुरुपको संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार , संघीय गणतन्त्र नेपाल, समावेशी, समानुपातिक, धर्मनिरपेक्षा, जातीय छुवाछूत, राज्यको हरेक अंगमा महिलाको सहभागिताको सुनिस्चित गर्ने लगायतका महत्त्वपूर्ण उपलब्धि नेपालमा ने.क.पा. (माओवादी केन्द्रले)संचालन गरेको महान १० वर्षको जनयुद्धले हो । भन्ने कुरामा सम्पुर्ण नेपाली जनता सबैमा सर्बबितितै छ । त्यस कारण नेपालको सन्दर्भमा यी महत्त्वपूर्ण उपलब्धिहरुलाइ जन्माउन नेपाली जनताको साथ लिएर नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा भएकोले आगामी स्थानीय निर्वाचनमा जनताको महत्त्वपूर्ण जनअभिमत नेकपा (माओवादी केन्द्र)लाई नै हो । त्यसैले नेपाली जनताले माओवादी रोज्नुको विकल्पै छैन । माओवादी केन्द्र बाहेक अरु पार्टीलाई जनताले रोजेमा नेपाल राष्ट्रको भविष्य माथी मै प्रश्न चिन्न खडा हुने वाला निश्चित नै छ । त्यसैले बेलैमा सचेत र सजग भै नेपालीको इतिहासमा उपलब्ध भएका यि उपलब्धिलाई रक्षा गर्न स्थानीय निवार्चनमा माओवादी केन्द्रलाई विजय गरौं ।’