काभ्रे । प्रेस सेन्टर नेपाल काभ्रे शाखाले जिल्लाका विभिन्न पालिकाको इन्चार्ज तोकिएका छन् । शनिबार प्रेस सेन्टर काभ्रेको बनेपामा बसेको दोस्रो बैठकले नजिकिएको निर्वाचन केन्द्रित गरेर पालिका इन्चार्जहरु तोकिएका हुन् ।

बैठकले इन्चार्जहरुमा तेमाल गाउँपालिकामा शिवप्रसाद पन्त, रोशीमा प्रेम स्याङ्तान, महाभारतमा किरण पुलामी मगर, खानीखोलामा इकमान लामा, बेथानचोकमा नवराज अधिकारी, चौरीदेउरालीमा क्षितिज नेपाली र भुम्लु गाउँपालिकाको लागि क्रान्ति दोङलाई तोकिएको छ ।

त्यस्तै बनेपा नगरपालिकामा प्रकाश दाहाल, धुलिखेलमा अञ्जली तामाङ, पनौतीमा जीवन खड्की, पाँचखालमा कुमार गौतम, मण्डनदेउपुरमा रामकुमार मोक्तान र नमोबुद्ध नगरपालिकामा लोकबहादुर लामालाई इन्चार्जको जिम्मेवारी दिइएका छन् ।

बैठकले पवन घिमिरे र रामकुमार मोक्तानलाई प्रेस सेन्टर काभ्रेको जिल्ला कार्य समिति सदस्यमा मनोनित गरेका छन् । त्यसैगरी बैठकले प्रेस सेन्टरको कार्यालय स्थापना, सल्लाकार समिति गठन, निर्वाचन केन्द्रित कार्यक्रम, अनलाईन सदस्यता अभिलेखिकरण लगायतका विषयमा समेत निर्णय गरेको छ ।

बैठकमा प्रेस सेन्टर बागमती प्रदेशको अध्यक्ष यदुनाथ गौतम, माओवादी केन्द्र बागमतीका सचिवलय सदस्य मिनबहादुर वाईबा (ज्वाला), भोला आर्याल, प्रेस सेन्टरको केन्द्रिय सदस्य पेमा लामा, प्रेस सेन्टर बागमतीको सचिव तथा सिन्धुपल्चोकका इन्चार्ज सन्तोष दाहाल, बागमतीकै सदस्य तथा काभ्रेका इन्चार्ज अञ्जु डिम्दुङ तामाङ, काभ्रेका पुर्व अध्यक्ष रामकृष्ण बञ्जारा, काभ्रेका अध्यक्ष रोजन तामाङ लगायतका उपस्थिति रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय