काभ्रे । नेकपा (एकिकृत समाजवादी) तेमाल गाउँपालिका–५ को वडा कमिटि गठन भएको छ । शनिबार एक कार्यक्रमबिच श्रीदास लामाको नेतृत्वमा २३ सदस्यीय कमिटि गठन गरेको हो ।
वडा कमिटीमा अध्यक्ष लामासँगै उपाध्यक्षमा ङेमा लामा तामाङ, बलबहादुर राना, सचिवमा सुनिता तामाङ, सह–सचिवमा भीम तामाङ लगायत रहेका छन् ।


बागमती प्रदेश कमिटी सदस्य हिरामान वलले सोही अवसरमा नारायणस्थानमा वडा कार्यालयको वोर्ड समेत राखिएको जानकारी दिए ।
कार्यक्रममा एसका जिल्ला सचिवालय सदस्य कुवाङ्च्यु लामा, जिल्ला सदस्यहरु प्रदिपकुमार लामा, शंकर त्रिपाठी, धिरेन लामा, दोर्जे लामा, इन्द्रजीत तामाङ लगायतले मन्तव्य राख्ने क्रममा एकिकृत समाजवादीको विषयमा स्पष्ट पारेका थिए ।