काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समितिले कक्षा ११ मा अध्ययनरत छात्रछात्राका लागि छात्रवृत्ति प्रदान गर्ने सार्वजनिक सुचना सार्वजनिक गरेको छ।

समितिका अध्यक्ष राजकुमार लामाद्वारा जारी सुचनामा काठमाडौं महानगरपालिका वडा नं ६ भित्र रहेका संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययन गर्न चाहने कामपा ६ बौद्धका स्थायी निवासी- गरीव, असहाय, विपन्न तथा जेहेनदार विद्यार्थीले श्रावण मसान्त सम्म नियम पूर्वक दरखास्त दिन सक्ने बताईएको छ। दरखास्तका लागि समितिको कार्यालय टुसालमा सम्पर्क गर्न समेत क्षेत्र विकास समितिले जनाएको छ ।

समितिको शिक्षा सम्बन्धी छात्रवृत्ति वितरण व्यवस्थापन कार्यविधि २०८० अनुसार समितिले शैक्षिक सत्र २०८२/८३ मा पनि छात्रवृत्ति उपलब्ध गराउने भएको हुँदा २०८२ श्रावण २५ गते भित्र समितिको कार्यालयमा नियम पूर्वक दरखास्त दिन सूचना प्रकाशन गरेको छ ।

शिक्षा, विकास र सिर्जनाको क्षेत्रमा नयाँनयाँ काम गर्न उत्साही देखिने विकास समितिका अध्यक्ष राजकुमार लामाको प्रयास स्वरुप आएको क्षात्रवृत्ति योजनाले आर्थिक अभावका कारण उच्च माध्यमिक तहसम्मको शैक्षिक अवसरबाट वञ्चित हुन पुगेका विद्यार्थीलाई सहज हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय