काभ्रे । नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिको दोस्रो ऐतिहासिक भेला शनिबार बनेपामा सम्पन्न भएको छ।

भेलाबाट १७५ सदस्यीय जिल्ला समन्वय समिति गठन गरिएको छ। भेलाको उद्घाटन पार्टी केन्द्रीय सदस्य तथा सरकार सञ्चालन संयन्त्र प्रमुख क. सूर्यप्रकाश सुवेदी ‘पथिक’ले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै सुवेदीले पार्टीलाई अभियानात्मक ढंगबाट अगाडि बढाउने कार्ययोजना तयार भइरहेको बताए। उनले संगठनात्मक सुदृढीकरण, वैचारिक स्पष्टता र कार्यदिशा निर्माणका लागि प्रशिक्षणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

भेलामा जिल्लाका १२ वटै स्थानीय तह (पालिका) का अध्यक्षहरूले आफ्नो–आफ्नो क्षेत्रगत संगठनात्मक प्रतिवेदन (रिपोर्टिङ) प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, केन्द्रिय सदस्यहरू सूर्यमान दोङ ‘लालध्वज’, गंगाबहादुर तामाङ ‘बमध्वज’ले पार्टीको देखिएको समस्या, चुनौती र आगामी योजनाबारे मन्तव्य राखेका थिए भने प्रदेश सभासदस्य रत्न ढकाल र रुकु चौलागाईं, संघिय सांसद मिना तामाङ, जिल्ला इन्चार्ज तेजबहादुर मिजार, केन्द्रीय सदस्य अक्कलबहादुर थिङ, कृष्ण भण्डारी, होमकुमारी तामाङ, प्रदेश कमिटी सदस्यहरू, साथै पालिका कमिटीका अध्यक्षदेखि सचिवसम्मको सहभागिता रहेको थियो।

भेलाले आगामी श्रावण १६ र १७ गते प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। यो कार्यक्रममार्फत संगठनभित्र वैचारिक, राजनीतिक तथा व्यवहारिक प्रशिक्षण प्रवाह गरिनेछ।

बैठकले आगामी संगठनात्मक सुदृढीकरणका लागि अझ थप छलफल र निर्णय आवश्यक रहेको निष्कर्ष निकालेको छ। साथै, पार्टीले अब एकीकृत ढंगबाट संगठन सशक्त पार्ने र आगामी राजनीतिक अभियानहरूलाई प्रभावकारी बनाउन सामूहिक नेतृत्वमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यस भेलालाई काभ्रेपलाञ्चोक जिल्लामा माओवादी केन्द्रको सांगठनिक पुनःजागरण र वैचारिक स्पष्टतासहितको रणनीतिक पुनर्संयोजनका रूपमा लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय