काठमाडौँ । नेपाली सेनाले काठमाडौँको सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिक खोलामा फसेका ५ जनाको सकुशल उद्धार गरेको छ । मंगलबार बिहान २ : ३० बजे सो मन्दिर नजिकको खोलाको बिचमा फसेका चार भारतीय र एक नेपाली तीर्थयात्रीको सेनाले सकुशल उद्धार गरेको हो ।

नुहाने क्रममा एकासी खोलाको बहाव बढ्न गई उनीहरू बिचमा फसेका थिए । श्री चन्दननाथ गणबाट खटिएको उद्धार टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा उनीहरूको सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय