काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज०को सातौं राष्ट्रिय महाधिवेशन पर्यटकीय नगरी सौराहामा हुने भएको छ । महाधिवेशन चैत ६ र ७ गते हुने तय भएको छ ।
फोनिजका महासचिव मनोज घर्ती मगरका अनुसार महाधिवेशनमा देशभरका ६० जिल्लाबाट ४८८ पत्रकार सहभागी हुनेछन् ।
यस्तै‚ बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, मलेसियालगायत देशमा रहेका आठ विदेश शाखा, आठ संस्थागत सदस्य संस्था तथा सात प्रदेश समितिका पदाधिकारी सहभागी हुने उनले जानकारी दिए ।
सौराहाको थारु सांस्कृतिक घरमा हुने महाधिवेशनले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।