काभ्रे । तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुनेछ भनि प्रधानमन्त्री शेर बहादुर देउवादले बताएको छ । प्रधानमन्त्री देउवाले तेमाल गाउँपालिकाको प्रमुख प्रशासकिय भवनको उद्घाटन कार्यक्रमा सम्बोधन गर्दै स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुने बताउनु भएको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवाले शनिवार प्रशासकिय भवनको उद्घाटन गरेका छन् । हेलिकप्टरमार्फत तेमाल पुगेर प्रधानमन्त्री देउवाले गाउँपालिकाको प्रशासकिय भवनको उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ‘स्थानीय तहको निर्वाचन भयरहति वातावरणमै हुने वताएको छ । तोकिएकै समयमा निवार्चन सम्पन्न गर्नको लागि सबैको साथ र सहयोगको जरुरी रहेको पनि देउवाले वताएको छ । अब स्थानीय तह निर्वाचनको लागि जुट्न समेत प्रधानमन्त्री देउवले सबैलाई आग्रह गरेको छ ।