काठमाडौं । फोक्सो सम्बन्धी रोगका कारण पीडित मकवानपुरको एक महिलालाई उपचारका लागि सहयोग गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन् । बकैया गाउँपालिका –३ चम्पाखहरे निवासी  ३१ बर्षिय मन्दिरा लामाको उपचारका लागि आर्थिक अभाव भएको भन्दै परिवारका सदस्यले सहयोगको अपिल गरेका हुन् ।

मन्दिरा पाटन हस्पिटल हुदै हाल बीर हस्पताल काठमडौंमामा उपचाररत हुनुहुन्छ । आर्थिक अवस्था निकै कमजोर भएको र उपचारमा धेरै खर्च लाग्ने भएको हुँदा सहयोग गरिदिन मन्दिराको श्रीमान् आयुश सिंगाराले अनुरोध गर्नुभयो । उपचारमा धेरै रकम खर्च भइसकेको बताउँदै थप उपचारका लागि आर्थिक समस्या भएको उहाँको भनाइ छ ।

आयुशले भन्नुभयो, ‘सहयोग गर्न चाहने सहयोगी मनहरूले सहयोग गरेमा मन्दिराले पुनर्जीवन पाउनु हुनेछ ।’ विगत लामो समय देखि फोक्सो सम्बन्धी रोगका कारण उपचार गर्दै आएका मन्दिराको पाटन हस्पिटलमा एक महिना र हाल बीर अस्पतालमा भईरहेको र घरका आर्थिक अवस्था अत्यन्तै दयनिय भएकाले थप उपचारको लागी सहयोग गर्न सबैमा अपिल गरेका हुन् ।

मन्दिरा र आयुशको १८ महिना मात्रै भएको १ छोरा छ । ड्राइबर पेशा गर्दै आउनुभएको आयुश पछिल्लो समय बिरामी हेर्ने मान्छे नभएको कारण काम गर्न नपाएकोले हस्पिटलको बिल मात्रै होइन खाना खाने पैसा समेत जुटाउन गाह्रो भएको बताए ।

आयुशले विभिन्न राजनितीक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवीसँग पनि सहयोगको अपिल गरेका छन् ।

फोक्सो सम्बन्धी रोगबाट पीडित मन्दिरालाई सहयोग गर्न चाहानु हुनेले बिरामीको श्रीमान आयुश सिंगार मोबाइल नम्बर ९८६६१९४८२९ र पत्रकार मोतीलाल मोक्तान ९८६१८६६९८४ मा वा ग्लोबल खबरको टिमलाई सम्पर्क गर्न हुनेछ । आयुश सिंगाराको लक्ष्मी सनराइज बैकको खाता नम्बर ०४२०८०८२५१२०५००१ जम्मा गर्न वा क्युआर सक्नुहुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय