महाभारत, काभ्रे । जिल्लाको महाभारत गाउँपालिकामा अखिल नेपाल करार कर्मचारी संगठन गठन भएको छ । शनिबार एक कार्यक्रमबिच भिम जिम्बाको नेतृत्वमा सेवा कार्यरत अस्थायी, करार, ज्यालादारी कर्मचारीको संगठन गठन गरिएको हो ।

संगठनको अध्यक्षमा जिम्बासँगै वरिष्ठ उपाध्यक्षमा युस्मा घलान, महिला उपाध्यक्षमा कबिता राना, उपाध्यक्षमा स्मारिका राना र दिल कुमारी राना रहेका छन् ।

त्यस्तै सचिवमा राकेश भोम्जन, सह–सचिवमा धिरज श्यङ्तान, वीर बहादुर पाखृन, कोषाध्यक्षमा बालकुमारी लुङ्गेली सहित ३५ सदस्यीय समिती गठन गरेका छन् ।

संगठनले महाभारतस्थित् विभिन्न संघ/संस्थामा कार्यरत करार सेवामा रहेका कर्मचारीहरुको हकहितको लागि काम गर्ने संगठनले जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय