काठमाडौँ । विगतका वर्षहरुझै यसवर्ष पनि काठमाडौँको बौद्ध महाचैत्य परिसरमा घोनाई अर्थात रोपाइँजात्रा मनाइने भएको छ ।गाईजात्रा तथा रोपाइँजात्रा मूल समारोह समितिले आज पत्रकार सम्मेलन गर्दै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक रोपाइँ जात्रा आगामी साउन २६ गते भव्य रुपमा मनाउने जनाएको हो ।

बौद्ध क्षेत्रको मौलिक संस्कृतिमा आधारित रोपाई जात्रा (घोनाई) यस क्षेत्रको पहिचानका रूपमा छ। विभिन्न १३ वटा विधामा प्रतिस्पर्धीहरूलाई सहभागी गराई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारसमेत व्यवस्था गरिएको आयोजक समितिका संयोजक जयमंगल लामाले जानकारी दिनुभयाे ।

समितिका अनुसार प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र २५ सय राशिको नगद पुरस्कारसहित प्रमाणपत्र, पदक र ट्रफी प्रदान गरिने कार्यक्रम छ। कार्यक्रम अन्तर्गत रोपाइँ जात्राको दिन बौद्ध स्तुपाको परिक्रमा गर्दै फूलबारी, बौद्ध गेट, पिपलबोट मार्ग हुँदै पुनः स्तुपामा परिक्रमा गरिनेछ।

काठमाडौं महानगरपालिका– ६ का वडाअध्यक्ष भुवन लामाले ऐतिहासिक सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको गाईजात्रा, रोपाइँ जात्रा र घोनाई जात्रा भव्य रूपमा सम्पन्न गर्नका लागि महानगरबाट यस वर्ष १५ लाख विनियोजन गरिएको जानकारी दिनुभयाे । आफ्नो टोल समाजमा भएका संस्कृतिलाई सबै मिलेर जगेर्ना गर्नुपर्ने वहाँकाे भनाई छ ।

परम्परागत रूपमा काठमाडौं उपत्यकामा मनाइने गाईजात्रा पर्वको भोलिपल्ट मनाउने बौद्धको रोपाईजात्राको विशेष महत्व छ । मल्लकालमा समृद्ध राज्यहरुमा कृषिलाई विशेष दिँदै राजा प्रताप मल्लले रोपाई जात्राको शुरुवात गरेको मानिन्छ । विशेषत चैत्य, वहाल र टोलका फलैँचाहरुमा स्थानीयहरु भेला भएर यस जात्रा मनाउने चलन छ ।

मौलिक जात्राको रुपमा मनाईने रोपाई जात्रामा धान रोप्नेदेखी लिएर रमाईलो गर्ने सम्मका कार्य गरिन्छ । बौद्धको रोपाइँ जात्रामा खेतमा छ्यापेको हिलोको प्रतीकका रूपमा विभिन्न रङ दली सांस्कृतिक झाँकीसहित रोपाहारले रोपेको र बाउसेले बाउसे गरेको अभिनय गर्दछन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय