महाभारत, काभ्रे । काभ्रेको महाभारत गाउँपालिका अन्र्तगत पर्ने जनमुक्ति मार्ग सडक सुचारु भएको छ । शुक्रबार परेको अविरल वर्षाका कारण महाभारत–४ कल्वन नजिकको सडकमाथिबाट आएको पहिरोले केहि दिन देखि सडक अवरुद्ध भएको थियो ।
गाउँपालिकाले त्यो पहिरोलाई पन्छ्याएपछि अहिले सो सडक पुन सुचारु भएको हो । अहिले त्यो सडकको पहिरोलाई पन्छ्याएपछि सो सडक सुचारु भएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो ।


अवरुद्ध भएको सडकमा यातायात र हिजो देखि पोल ढलेर अवरुद्ध भएको विद्युत पनि सुचारु भएको अध्यक्ष जिम्बाले बताए ।












