काठमाडौं । विगत लामाे समयदेखि सामाजिक सेवामा काम गर्दै आउनुभएका डाक्टर धर्मेन्द्र कुमार शाहले हरेक वर्ष आफ्नो जन्मदिनलाई सामाजिक कार्यका रुपमा लिदै आउनुभएकाे छ । हरेक वर्ष अनाथ, अशाहाय तथा बालबालिकालाई कुनै न कुनै क्षेत्रमा सहयोग गर्दै जन्मदिन मनाउँदै आउनुभएका डाक्टर शाहले यस वर्ष पनि ऐतिहासिक पशुपति मन्दिर परिसर र बसपार्कस्थित बिजि महल क्षेत्रमा रहनुभएका अनाथ तथा असहाय व्यक्तिहरुलाई खाना खुवाउनका लागि सहयाेग गर्नुभएको छ । जय महाकाल युवा समूहद्वारा दैनिकरूपमा बिहान र साँझ दुई छाक नै विपन्न, अशाहय,बेराेजगार, वृद्धवृद्धा तथा सडकमा अलपत्र पर्नुभएका व्यक्ति लक्षित उक्त निशुल्क खाना वितरण कार्यक्रममा झापा जिल्ला पाँचगाछी -४ बाेलाेचाैक निवासी बाेलाेचाैक विकास समितिका अध्यक्ष एवं मिठा मिठा गितका लेखक डाक्टर शाहले भाेजनका लागि सहयाेग गर्नुभएको हाे।

उक्त अभियानमा खाना खुवाउनका लागि समाजसेवी एवं पत्रकार मायालु लामा उपस्थित हुनुभएको थियाे भने कलाकार एवं समाजसेवी माया थामीले जय माहाकाल युवा समुहसँग सहकार्यका लागि सहजिकरण गर्नुभएको थियाे । २०७६ साल देखि जन्माेत्सवमा अनावश्यक खर्च नगरी सामाजिक काममा हातेमालो गराै भन्ने अभियान सञ्चालन गर्दै आउनुभएका डा.शाहले सबैलाई आफ्नो जन्मदिनमा अनावश्यक खर्च नगरी, सक्दो सामाजिक र रचनात्मक कार्यमा सहयोग गर्न समेत आग्रह गर्नुभएकाे छ ।

लामाेसमयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहनुभएका डा.शाहले पछिल्लो समय साँङ्गितिक यात्रा पनि तय गर्नुभएकाे छ । शाहकाे शब्दमा थुप्रै गित सार्वजनिक भईसकेकाे छ । बाेलाेचाैक बहुउद्देश्यीय सहकारी एवं बाेलाेचाैक एजुकेशन एकेडेमीका अध्यक्ष समेत रहनुभएका डाक्टर शाहले झापाका विद्यालयहरुलाई आर्थिक भाैतिक सहयोग,विभिन्न जिल्लाका बाल आश्रमलाई शैक्षिक तथा आवश्यक खाद्यान्न, चेपाङ, वनकरिया लगायत समुदाय र काठमाडौं उपत्यकामा संचालित आश्रमहरूमा आवश्यक शैक्षिक सामाग्री तथा खाद्यान्न सहयाेग गर्दै आउनुभएकाे छ । युयईमा अन्तर्राष्ट्रिय साेसियल अवार्ड प्राप्त गर्नु भएका डाक्टर शाहले विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड समेत हात पार्नु भएको थियाे ।

विराट दृष्टि जागरण नेपाल, भिजन राइज नेपाल, पाउ पाथिभरा माता मन्दिर लगायत दर्जनौ सामाजिक संस्थाका संस्थापक हुनुभएका डाक्टर शाह राष्ट्रिय मानव अधिकार प्रतिष्ठान, नेपाल रेडक्रस साेसाईट, बाल सचेतना केन्द्र नेपाल,नागरिक आवाज लगायत अन्य विभिन्न सामाजिक संस्थाका आजिवन सदस्य समेत हुनुहुन्छ । सामाजिक कार्यमा विद्या बारिधि हासिल गर्नु भएका डा.शाह बहुप्रतीभाका धनी व्यक्ति हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय