काभ्रे । नेकपा (माओवादी केन्द्र) काभ्रे जिल्ला समन्वय समितिको नयाँ नेतृत्वसहित पदाधिकारी चयन भएको छ ।

माओवादी केन्द्र काभ्रे जिल्ला समन्वय समितिको संयोजकमा भोला आर्याल र सचिवमा देवलाल घिसिङ ‘अुनशिल’ सर्वसम्मत चयन भएका हो । उनीहरु दुवै जना पार्टी बागमती प्रदेशको सचिवलय सदस्य समेत हुन् ।

सदस्यहरुमा बल बहादुर थिङ, प्रेमप्रकाश लामा, देवानसिं लामा, सन्तमान थिङ, विनोद नेपाली लगायत रहेका छन् । केही सदस्यहरु भने थप हुन बाँकी रहेको समितिले जनाइएको छ ।

सचिव घिसिङका अनुसार जिल्लाका प्रत्येक स्थानीय तहबाट ७/७ जना जिल्ला समन्वय समितिको लागि सिफारिस गरीएसँगै जिल्लामा क्रियाशिलमध्येबाट छनोट गर्दा एक सय ४० देखि ४५ सम्मको कमिटी हुनेछ ।

प्रदेशमा को–को चयन
बागमती प्रदेश परिषद् सदस्यमा मनिता थिङ, प्रदेश सल्लाहकार समिति सदस्यमा गोपाल सोराली र इन्द्र बहादुर थोकर चयन गरेका छन् ।

त्यस्तै सागर लामा (उद्योग तथा बाणिज्य विभाग–सचिव, बाग्मती प्रदेश), कुलबहादुर थिङ (ज्येष्ठ कम्युनिस्ट मञ्च सदस्य–बाग्मती प्रदेश), सोम दर्लामी (समाज कल्याण विभाग सदस्य–बाग्मती प्रदेश) भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय