खानीखोला, काभ्रे । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा खुवा उद्योग व्यवसायिक रुपमा सञ्चालनमा आएको छ । “गुण्स्तरीय खुवा उत्पादन नै हाम्रो प्रतिवद्धता” भन्ने मुल उद्धेश्य सहित गाउँपालिकाको वडा नं. ५ ताल्ढुङगामा खानीखोला डेरी तथा खुवा उद्योग सञ्चालनमा ल्याएको हो ।
खानीखोला खुवा पारखीहरुको आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँ हरेक दिन बिहानदेखि बेलुकैसम्म आगो नै बालेर सफा र शुद्ध तरिकाले खुवा बनाउदै आएका थिए । यसको व्यवसायिक दायरा फराकिला बनाउदै अहिले खुवा उद्योग संचालनमा ल्याएको हो ।


गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) को विषेश पहलमा व्यवसायि राजु खुलाल, नाराण दहाल, बिजय स्याङतान, बिशाल फुयाल र निर्मल लामाकाे लागनीमा खुवा उद्योग सञ्चालनमा आएको हो । कुल ५ करोडको इष्टिमेटमा काम अघि बढेकोमा हाल सम्म करिब २ करोडको लागतमा भवन निर्माण तथा आश्यक उपकरण तथा सामाग्री आयात गरि संचालन गरेको हो । आवश्यकता अनुसार पूर्वाधार विकासका काम गर्दै जाने उद्योगको तयारी छ ।

- उद्योग सञ्चालकहरू
खानीखोला गाउँपालिका भित्र उत्पादन हुने दुधजन्य पदार्थको उचित मुल्यमा आम कृषक बर्गबाट संकलन गरि गाउँपालिकाको नागरिकहरुको दीर्घकालिन रुपमा आर्थिक जीवनस्तर उकास्ने खुवा उद्योगको उद्धेश्य रहेको छ ।
खानीखोला गाउँपालिकामा उत्पादन खुवालाई बजारीकरणमा सघाउन खुवा उद्योगको विकास गरेको उद्योगका प्रोपाइटार निर्मल लामाले ग्लोबल खबरलाई जनकारी दिनुभयो । उनका अनुसार स्थानीय किसानहरुको आवश्यकता र माग अनुसार खुवालाई नेपालकै ब्रान्डको रुपाम स्थापित गर्ने उद्धेश्य राखेर योजना अघि सारिएको समेत बताउनुभयो ।
“विषेश गरि बेरोजगार भएर गाउँ तथा सहरमा बसोबास गर्ने युवाहरुलाई गाउँमै बसि कृषि क्रान्तिमा लाग्न आग्रह गरेका छन् । युवाहरु कृषि क्रान्तिमा लागौं, उत्पादनमा जोड गरौं, गाउँमै बसौं, आत्मानिर्भर बनौ, सबै मिलेर खानीखोलाको भविस्य निर्माण गरौ ।” प्रोपाइटर निर्मल लामाकाे भनाई रहेको छ ।

- प्रो. निर्मल लामा
हाल करिब २ सय लिटर दुध संकलन गरि आधुनिक मेसिनबाट खुवा बनाउदै आइरहेको छ । अबको योजना छिमेकी जिल्ला मकवानपुर, सिन्धुली, खानिखोलाका सातै वडाबाट ५ हजार देखि ७ हजार दुध संकलन गरी खुवा बनाउने उद्योगले जनाएको छ । दुध चिस्यान केन्द्रको समेत स्थापना गरि खुवा उद्योग सञ्चानल भएको हो ।

खुवाको बजार नेपालभर मात्र होइन, विदेशमा पनि कोसेलीका रुपमा पुग्ने गरेका छन् । यसले देश तथा पालिकाको अर्थतन्त्रमा पनि ठूलो हिस्सा जोडेको छ । गाउँपालिकाले किसानहरुलाई पशुपालन र खुवा व्यवसायमा लाग्न प्रेरित गर्नुपर्नेमा जोड दिनु पर्ने आश्यक छ । गाउँपालिका सरकारले स्थानीय उत्पादन तथा बजारीकरणमार्फत जनताको आर्थिक समृद्धिमा जोड दिदै विभिन्न नीति तथा कार्यक्रमहरु कार्यन्वयन गर्दै जानुपर्ने देखिन्छ ।















