काभ्रे, महाभारत । काभ्रेको महाभारत गाउँपालिका वडा नं. ३ देउराली नमुनटारमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । संङ्घीय सरकारको ५१ लाख र गाउँपालिकाको १३ प्रतिशत सहयोगमा पुल निर्माण सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो पुल निर्माण भएपछि गाउँपालिकाको ३ नं. वडाका जनताहरु लाभान्वित भएका छन् । यो पुल नबन्दा आवतजावत गर्न निकै अप्ठ्यारो थियो । अब जोखिमपूर्ण यात्राबाट मुक्त भएका छन् ।


आज भएको झोलुङ्गे पुल उद्घाटनमा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा(संसार), उपाध्यक्ष सागर मोक्तान, प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङ, गाउँपालिका प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष कान्छामान जिम्बा, वडा नं. ६ का वडा अध्यक्ष रमेश लुगेंली, वडा नं. ३ का वडा अध्यक्ष कार्साङ लामा लगायत स्थानीयहरुको सहभागीत रहेको थियो ।
झोलुङ्गे पुल निर्माण सम्पन्न पछि स्थानीयहरु खुसी भएका छन् ।










