काठमाडौं । दुबै मृगौला फेल काभ्रे डाँडापारी महाभारत गाउँपालिका -१ छोटेसाहन निवासी रमित थिङको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।

काभ्रे महाभारतका राजेश रानाले मलेसियामा रहेको म्याक फुट कम्पनी, समाजसेवी तस्बिर मोक्तानको टिमको तर्फबाट र वाइबा दाजुभाइले थिङलाई सहयोग गरेका छन् । मलेसियाबाट रानाले संकलन गरेको ४७ हजार ३ सय, समाजसेवी तस्बिर मोक्तानको टिमको तर्फबाट २० हजार, वाईबा दाजुभाइ निमा वाइबा र सुजिव वाइबाको तर्फबाट २० हजार र महाभारत गाउपालिका माओवादी केन्द्रका युवा नेता तथा वडा न:-५को इन्चार्ज विजय रानाको तर्फबाट २ हजार गरि ८९ हजार ३ सय रुपैयाँ सोमबार उनीहरुले बिरामी थिङ भएको निवासमै पुगेर हस्तान्तरण गरेका छन्।

दुबै मृगौला फेल थिङ हाल काठमाडौस्थित टिचिङ अस्पताल महाराजगंजमा उपचार तथा डायलासिस गराइरहेको छ ।पीडितलाई उपचार खर्चको अभाव भएको बारे ग्लोबल खबरमा समाचार प्रकाशित भएपछि रकम संकलन अभियान देश विदेशमा सुरु गरेको रमित थिङ बचाउ अभियानको अभियान्ता समाजसेबी तथा युबा नेता अमृत लामाले बताए।

दुबै मृगौला पीडित थिङलाई सहयोग गर्न चाहानु हुनेले बिरामीको दाइ भिम बहादुर थिङ ९७४०७११६७३ समाजसेवीहरु अमृत लामा ९८४१५०२८९७ र गोबिन्दा स्याङ्तान ९८४१८४०३४५ लाई फोन गरेर विरामीलाई सहयोग तथा स्वास्थ्य अवस्था बारे बुझ्न सक्नु हुनेछ । साथै बिरामीको आमा लक्ष्मी माया थिङको संराइज बैंकको खाता नम्बर ०१४१०२१४५६३०१००१ पनि सहयोग रकम जम्मा गर्न सक्नु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय