काभ्रे, महाभारत । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–८ चकमके की २५ वर्षीया शुकु माया मोक्तानले उपचारका लागि सहयोगको अपिल गरेकी छन् । रक्त (ब्लड) क्यान्सरबाट पीडित मोक्तानलाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो ।

परिवारिक स्रोतका अनुसार शुकुमायाको ५ महिनादेखि बनेपाको शीर मेमोरियल हस्पताल हुदै हाल बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । हाल उनको अवस्था सुधारोन्मुख छ ।

शरिरमा फोकाहरु आउने समस्या भएपछि उनलाई अस्पतालमा चेक गरेका थिए । विभिन्न अस्पतालहरुमा कहिले टिभि रोग, कहिले अरु विभिन्न रोग लागेको भन्दै उपचार गर्दै चेकजाँच गर्दै गर्दा अहिले रक्त क्यान्सर भएको पुष्टि भएको हो ।

‘अहिलेसम्म उपचारमा ८ लाख रुपैयाँ खर्च भइसकेको छ, थप उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग गरिदिनु हुन अनुरोध छ’, विरामीका श्रीमान रक्तिम लामाले भने, ‘थप उपचारमा धेरै खर्च हुने भनिएको छ, त्यसैले सहयोगका लागि सबैसँग आग्रह गरेका हौं ।’

‘आम्दानीको कुनै पनि श्रोत छैन, हालसम्म मैले वैदेसिक रोजगरबाट कमाएको र केहि ऋण काढेर उपचार गरियो, अहिले बनेपामा बस्दै आएको छु। एक छोरा छ, बिदेशमा कमाएको सबै पैसा सकिएकोले थप उपचारमा समस्या भएको हो ।’ उन श्रीमान रक्तिम लामाले भने–‘कसैले सहयोग गरे श्रीमतीलाई बचाउन सकिन्थ्योकी ।’

परिवारले विभिन्न राजनितीक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवीसँग पनि सहयोगको अपिल गरेका छन् ।

रक्त (ब्लड) क्यान्सर पीडित शुकुमाया मोक्तानलाई सहयोग गर्न इच्छुकले बिरामी शुकु माया मोक्तानको ग्लोबल आइएमई बैंकको खाता नं. ०८९०७०१०११४६२२ मा जम्मा गरिदिन वा श्रीमान रक्तिम लामा लोको मोबइल नं. ९७६१५२०१६०, सञ्चमान लो ९८५१२४३६१२, समाजसेवी एवं पत्रकार अमृत योन्जन तामाङ ९८४१५०२८९७ तथा ग्लोबल खबरको टिमलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

  • बैंक क्युआर

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय