काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रेले निषेधाज्ञा र कर्फ्यू आदेश रद्द गरेको छ ।

जिल्लामा शान्ति सुरक्षाको स्थिति सामान्य बन्दै गएको भन्दै प्रशासन कार्यालयले निषेधज्ञा र कर्फ्यूको आदेश हाललाई रद्द गरिएको जनाएको हो ।

जेनजी आन्दोलका कारण स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि काभ्रेमा पनि निषेधाज्ञा र कर्फ्यू लगाइएको थियो ।

शुक्रबार अन्तरिम सरकारको प्रधानमन्क्रीमा सुशीला कार्की नियुत्त भएसँगै काठमाडौं, काभ्रेसहितका विभिन्न जिल्लामा लगाइएको निषेधाज्ञा र कर्फ्यू क्रमशः हटाउन थालिएको छ ।

स्थिति बिग्रिएपछि देशैभर नेपाली सेनाले कमाण्ड हातमा लिएर कडाइ गरेको थियो ।

जिल्ला प्रशासन काभ्रेले सामाजिक सद्भाव कायम राख्दै शान्ति सु–व्यवस्था कायम गर्न सहयोग गर्न पनि सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय