
काभ्रे । अखिल नेपाल किसान महासंघ पनौति नगरको अध्यक्षमा सन्तोष कुमार राउत चयन भएका छन् । भेलाले राउतको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी गठन गरेका हुन् ।
कमिटिको उपाध्यक्षमा खिलाप्रसाद हुमागाई, सचिवमा जगनााथ न्यउपाने, उपसचिव रेसा श्रेष्ठ र ठाकुर तिमल्सिना र कोषाध्यक्षमा देवि प्रसाद बजगाईंलाई चयन गरिएको छ । भेलामा महासंघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष बिदुर हमागाईंको प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै भेलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सन्तोष केसी लगायतले मन्तव्य राखेका थिए ।


किसानहरुले उत्पादन गरेका कृषि उत्पादनको बजारीकरण गर्ने शैली परिवर्तन गर्नु पर्नेमा १२ वटा वडाकै कृषकहरुले जोड दिएका छन् । नेकपा एमालेको जनवर्गिय संगठन अखिल नेपाल किसान महासंघ पनौति नगरको दोस्रो भेलामा सहभागी किसानहरुले कृषि उत्पादनको बजारीकरण गर्दै किसानले लागत मूल्य पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।
किसानका लागि असल बिउ उपलब्ध नभएको, सामान्य औषधि खान नपाएर पशुचौपायाहरु मर्नुपर्ने अवस्था आएको भन्दै किशानहरुले आ–आफ्नो धारणा राखेको छ ।