काठमाडौँ । एकैसाथ ३ वटा मन्त्रालयको जिम्मेवारी लिनेगरी सोमबार राष्ट्रपतिबाट शपथ लिए लगत्तै शिक्षण अस्पताल महाराजगन्ज पुगेका मन्त्री कुलमान घिसिङसँग जेनजी आन्दोलनका मृतक परिवारले गुनासो पोखेका छन् ।
सो क्रममा जेनजी आन्दोलनमा ज्यान गुमाएका विनोद महर्जनका परिवारका सदस्यहरूले मन्त्री घिसिङलाई जनताको कुरा सुन्नुपर्ने भन्दै हतार गरेर नहिँड्न आग्रह गरे ।


आफूहरूले अहिलेसम्म सरकारसँग आफ्नो माग राख्न नपाएको उनीहरुको गुनासो थियो । ‘सरकारले कहिलेसम्म भोलि भन्दै टार्ने हो ?’ परिवारको गुनासो थियो ।
जवाफमा कुलमानले सबै मागहरु सम्बोधन हुने प्रतिबद्धता जनाए । यस्तै पत्रकारहरूले सोधेको एक प्रश्नको जवाफ दिँदै उनले देशका लागि युवाले गरेको बलिदान खेर नजाने भन्दै देशले नयाँ रूप लिने बताए । घिसिङले उर्जासहित भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।










