बनेपा, काभ्रे । महाभारत नेपाली कांग्रेस र नेकपा एमालेका ३० जना बढी कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । डाँडापारीका विभिन्न पार्टी परित्याग गर्दै बुधबार २५ बढि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बुधबार माओवादी केन्द्र निकट महाभारत–उपत्यका सम्पर्क समन्वय समितिले बनेपामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा कांग्रेस र एमाले पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेहरुमा गगन दाश श्रेष्ठ, सिता माया श्रेष्ठ, निर बहादुर थिङ, सोम बहादुर आले, नवराज राना मगर, दिपेन्द्र थापा, क्षेत्रदाश श्रेष्ठ, पूर्ण लुंगेली, तिलक लंगेली, गुप्तबहादुर लुंगेली, सुधन राना मगर, मिलन राना मगर, सुमित राना, प्रविन लुङ्गेली, दिपक लुङ्गेली, रविन मोक्तान, प्रेम थोकर, निरा राना मगर पनि माओवादी प्रवेश गरेका छन् ।

त्यस्तै महेन्द्र जर्गामगर,सरस्वती जर्गामगर, सावित्री जर्गामगर, रोशा जर्गामगर, सुसिल मगर, दिपक राना मगर ,विक्रम ठाडा मगर, जोश्ना जर्गा मगर ,डिलकुमार जर्गा मगर, रोमन तुम्सिङ मगर रहेका छन् ।

उनीहरुलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, माओवादी केन्द्रका केन्द्रीय सदस्य सुर्यमान दोङ (लालध्वज), नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्री, सचिव इन्द्र बहादुर थिङ, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वा लगायतले अबिर र खादा लगाएर स्वागत गरेका थिए ।
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा अन्य पार्टीबाट माओवादीमा भएको पार्टी प्रवेशलाई अर्थपूर्ण मानिएको छ । त्यस्तै नवप्रवेशीहरुहरुले समेत आगमी दिनमा पनि समृद्ध महाभारतको लागि माओवादी केन्द्रले जित्नु विकल्पन नभएको बताएका छन् ।

नवप्रवेशीहरुले विकास प्रेमी पार्टी माओवादी केन्द्र मात्रै देखिएको बताए । महाभारतमा ५ वर्षको बिचमा अमुल परिवर्तन भएको र त्यसको मुल नेतृत्व पनि माओवादी केन्द्र नै भएको उनीहरको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय