बनेपा, काभ्रे । नेकपा (माओवादी केन्द्र) काभ्रेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा ‘संसार’ले महाभारत माओवादीको लाल किल्ला भएकोले आगामी निर्वाचनमा सबै वडासहित गाउँपालिका जित्ने बताएका छन् ।

बुधबार काभ्रेको बनेपामा महाभारत–उपत्यक सम्पर्क समन्वय समितिद्धारा आयोजित वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रममा अध्यक्ष जिम्बाले सो कुरा बताएका हुन् ।

उनले भने, ‘महाभारत गाउँपालिकामा १२ हजार हारहरीमा मतदाता छ, जसमा ५ सयको घरदुरीका मानिस आजको कार्यक्रममा उपस्थित छ । यसैबाट थाहा हुन्छ की एक घर बराबर ५ जना मतदाताको हिसाबले पनि २ हजार ५ सय मत ल्याउने जनशक्ति यही भएको देखिएकाले पनि महाभारत माओवादीको लाल किल्ला हो भन्नेमा शंका छैन ।’

अध्यक्ष जिम्बाले माओवादी केन्द्र विकासको एजेण्ड बोक्ने पार्टी भएको र त्यो ५ वर्षको बिच प्रमाणित समेत भइसकेको बताए ।

उनले महाभारतमा २०७१ सालसम्म नदेखिएको विकास गरेको बताए । ‘यसअघि दललाई जिताए जनतालाई जिताएन । तर माओवादीले जनतालाई जिताए र आज महाभारतको विकास सम्भव भएको छ ।’

अध्यक्ष जिम्बाले महाभारतका जनताको बिचमा विकासको झण्डा फहराउन सफल भएको बताए । महाभारतमा सिंह मात्रै नभई दरबारसमेत आएको उनको भनाई छ ।

उनले केन्द्रिय लाइनको विस्तार गाउँपालिकाका २ हजारभन्दा बढी बत्ती पुगेको जानकारी दिँदै मिटर बक्स उपलब्ध गराउनका उर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फ भुसाललाई आग्रह गरेका थिए ।

जवाफमा मन्त्री भुसालले एक महिनाभित्र प्रत्येक महाभारतवासीमा मिटर बक्स उपलब्ध गराउने प्रतिबद्धता समेत गरेका छन् ।

अध्यक्ष जिम्बाले अब महाभारतको उर्जा क्षेत्रमा नयाँ आयम सुरु हुने बताए । उनले महाभारत र खानीखोलामा केन्द्रिय लाईन विस्तार गरी डाँडापारिबासीलाई बत्ती बल्न सक्ने गरी सबस्टेसन लगायतका काम तीव्र गतिमा भइरहेको समेत जानकारी दिए ।

त्यस्तै उनले महाभारतमा तत्काल करिब ९ किलोमिटर सडक पिचको काम भइरहेको र कुनै हालतमा सडक कालोपत्रे गरेरै छाड्ने बताए ।

अध्यक्ष जिम्बाले माओवादीले व्यवस्थासँगै अब जनताको अवस्था फेर्ने कोसिस भइरहेको बताए । उनले माओवादीले ल्याएको संघीयताको कारण नै गाउँगाउँमा विकास भएको दाबी गरे ।

त्यस्तै उनले महाभारतको हरेक गाउँमा मोटर बाटो पुगेको र अब त्यसलाई अझ सुविधा सम्पन्न बनाउँदै लैजाने बताए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय