काभ्रे । काभ्रेको विकट खानीखोला गाउँपालिकामा सुख्खा पहिरो आउँदा डोजरसहित दुई जना पुरिएको छ ।

विहीबार जगथली–सिम्बले सडक खण्डमा ट्रयाक खोल्ने क्रममा सडकमाथिबाट सुख्खा पहिरो आउँदा उदयपुर गाईघाट स्थायी घर भएका डोजर अपरटेर मणिराज मगर र उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर स्याङ्तान पुरिएको हो ।

खानीखोला–४ का वडा अध्यक्ष वीरबहादुर वाईबाका अनुसार जगथली–सिम्बले सडक खण्डमा पुरिएका दुवै जनाको उद्धारको कार्य भएको र उनीहरुको अवस्था भने माध्यम रहेको छ ।

उनले घाइतेको उद्धारको लागि एम्बुलेन्स समेत बोलाईसकेको बताए । घाइते उपभोक्ता समितिका अध्यक्ष स्याङ्तानले आफ्नो खुट्टा केही चोट लागेको सुनाए ।

उनले अपरेटर पनि माथिबाट डिक्को खस्दै गरको देखिएपछि भाग्ने क्रममा शरिरको पछाडिपट्टिको भागको केही चोट लागेको जानकारी दिए ।

जगथली–सिम्बले सडक खण्डमामा ट्रयाक खोल्नको लागि गाउँपालिकाबाट १० लाख बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय