महाभारत, काभ्रे । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाले अहिले धमाधम सडक मर्मत तथा सरसफाइको काम गरिरहेको छ । वर्षामा आएको भेलबाढी र पहिरोले बिगारेको सडक मर्मत गर्न सबै वडा कार्यालयहरु सक्रिय छन् ।

‘चाडपर्वमा धेरै मानिसहरू गाउँ फर्कन्छन् । यस्तो बेला समस्या नहोस् भनेर सडक मर्मत गरिरहेका छौं, । वर्षातको समयमा राजमार्गहरुसमेत अवरुद्ध हुँदा गाउँपालिका केन्द्र पुग्ने सडक सुचारु रहेको थियो । धेरैजसो वडा टोल बस्तीहरुमा सडकहरु अबरुद्ध रहेको सबै वडा बस्तीहरुमा सवारीसाधन सहजै पुगोस भन्ने उद्देश्यले तपाइँ हाम्रो वडाहरुमा बाटो सरसफाइको लागी मेशिनहरु संचालनमा रहेकोले मर्मतसम्भार कार्यमा आआफ्नो टोल बस्तीमा बाटो राम्रो बनाउन सबै मिलि सहयोग गर्नुहुन अनुरोध छ ।’ अध्यक्ष कान्छालाल जिम्बा (संसार) ले भने ।

अध्यक्ष जिम्बाका अनुसार महाभारत गाउँपालिका भित्र मर्मतसम्भार भइरहेको सडकखण्डहरु
१.जनमुक्ति मार्ग अन्तरगतको सबै चेनेजहरु राजबास–कलवान–चाउडिक–खोलाघारी–घर्तिछाप–सोला–गोकुले–धाप–छोट्टेसहान
२. सिपाली–बुढाखानी–माहादेबटार–खोलाघारी.
३ निङगाले –ताराखासे–स्याप्लेडाँडा–टोके सडकखण्ड
४ महादेबटार–सानोपोखरा–ठूलोपोखरा–पात्ले–स्याप्लेडाँडा सडकखण्ड
५ सोला–गुरासे–भलडाँडा सडकखण्ड
६ मगरगाउ–बाँसपुर–बेतेनी घुँडे –टुनिबास सडकखण्ड
७ गलटार–उध्याउने –राङ्चा–बाँसपुर सडकखण्ड

अध्यक्ष जिम्बाले मर्मतसम्भारकार्यका लागि विशेष सहयोगको गर्ने पूर्वाधार बिकास कार्यलय काभ्रे र सडक डिभिजन कार्यलय भक्तपुर लगायत सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय