महाभारत, काभ्रे । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा किशोरीहरु माथि आक्रमणको प्रयास भएको छ । गाउँपालिकाको वडा नं. ७ मा अपरिचित नकाब धारी व्यक्तिहरुबाट हतपात तथा आक्रमणको प्रयास भएका हुन् ।

घटना भदौ ३१ गते र असोज ६ गते हो । भदौ ३१ गते विद्यालयबाट फर्कँदै गर्दा र असोज ६ गते बाख्रा चराउने क्रममा दिनदहाडै अपरिचित नकाब धारीहरुबाट हतपातको प्रयास भएको र आक्रमणकारीको पन्जाबाट उम्किन सफल भएकोले अप्रिय घटना हुनबाट किशोरीहरु जोगिएको ज्योति मा.वि.का प्रधानाध्यापक नरकुमार स्याङतानले ग्लोबल खबरलाई बताए ।

असोज ६ गते साँझ करीब ४ः४५ बजे तिर ज्योति मा.वि.मा कक्षा ८ मा अध्ययनरत १३ वर्षे बालिका एक्लै कुलुङ गै¥ही भन्ज्याङमा बाख्रा चराईरहेको अबस्थामा ३ जना मुखमा पट्टी बाँधेको व्यक्ति आएर बालिकाले माथि आक्रमण गरेको हो ।

बालिका अनुसार कुलुङ गाउँ जाने दोबाटोमा ३ जनाले मुखमा पट्टी बाँधेको, कालो पाइट, खैरो खैरो ज्याकेट जस्तो कपडा लगाएको, १ जनाको कपाल लामो भएको, २ जनाको छोटो काटेको व्यक्तिहरुले एक्लै खेलिरहेको बेला एक्कासी समाउँ भनेर छोप्न आएको बताईन् ।

समाउन नपाउँदै उठेर अग्लो डिलबाट हाम फालेर भागेर ज्यान जोगाउन सफल भएको उनले बताइन् । त्रासमा भाग्दा अरु केही हुलिया हेर्न देख्न नपाएको र उनिहरुले पनि भागेपछी नलखेटेको बताइन् ।

घारीघारी र भिरै भिरको जङगल हुँदै झमक्क साँझमा मात्रै परिवारको सम्पर्कमा रुँदै आएको थियो ।

त्यस्तै भदौ ३१ गते विद्यालयबाट घर फर्कँदै गर्दा एक बालिका माथि आक्रमण प्रयास भएको छ । बालिकाका अनुसार विद्यालयबाट घर फर्किदै गर्दा बाटोमा अपरिचत व्यक्तिले खुट्टमा तानेर लडाएको र आक्रमण गर्ने व्यक्तिलाई पछारेर, व्यक्तिले चिच्याउन खोज्दा घाँटीमा र मुखमा छोप्न आउदा हातमा टोकेर भाग्न सफल भएको बताइन् ।

सो घटनाको बारेमा प्रहरी टोली पुगेर घटानको अनुसनधान समेत गरेका थिए ।

महाभारत गाउँपालिका वडा नं. ७ भित्र सुरक्षा चुनौती बढ्न थालेपछि विद्यार्थी लगायत गोठाला र घाँस दाउरा गर्ने आमा÷दिदीबहिनीहरु असुरक्षित हुन थालेकाछन् । चाडपर्वको समयमा यस्ता घटना अझ बढ्न सक्ने भएकोले सम्पूर्ण स्थानीय बासिन्दाहरु, स्थानीय प्रशासन, वडा सरकार तथा गाउँपालिका सरकारबाट आवश्यक सुरक्षाका लागि ध्यान दिन जरुरी देखिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय