काठमाडौँ । नेकपा माओवादी केन्द्रले तोकिएकै समयमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटीको बैठकले उक्त ध्यानाकर्षण गराउने निर्णय गरेको हो । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले तोकिएकै समयमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराउने र पार्टीको तर्फबाट आवश्यक भूमिका खेल्ने निर्णय गरेको जानकारी दिए ।

उनले जेनजी लगायत लोकतन्त्र, अग्रगमन र परिवर्तनका पक्षधरसँग वार्ता र संवाद गरेर समझदारी कायम गर्ने, समाजवादी मोर्चा र अन्य राजनीतिक कार्यदिशा मिल्नेसँग एकता गर्ने, देशभक्त र परिवर्तनकारी पार्टीहरू, सामाजिक सङ्घसंस्थाहरू सबैलाई समेटेर वृहत् संयुक्त मोर्चा निर्माण गर्ने लगायतका निर्णय गरेको जानकारी दिए ।

उनले भने,‘तोकिएकै समयमा निर्वाचन गराउन सरकारको पुनः ध्यानाकर्षण गराउने र पार्टीको तर्फबाट यथासम्भव भूमिका खेल्ने । जेनजी लगायत लोकतन्त्र, अग्रगमन र परिवर्तनका पक्षधरसँग वार्ता, संवाद गरेर समझदारी कायम गर्ने । समाजवादी मोर्चा र अन्य राजनीतिक कार्यदिशा मिल्नेसँग एकताको लागी प्रभावकारी पहल गर्ने । सबै देशभक्त, परिवर्तनकारी पार्टीहरू, सामाजिक सङ्घसंस्थाहरू सबैलाई समेटेर वृहत् संयुक्त मोर्चा निर्माण गर्ने ।’

माओवादीको बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकको लागि एजेण्डा तय गर्न बुधवार स्थायी कमिटीको बैठक बसेको थियो । स्थायी कमिटीको बैठकले विशेष महाधिवेशनमा जाने निर्णय गर्दै एजेण्डा तय गरेको प्रवक्ता सापकोटाले बताए । बैठकले महाधिवेशनको मिति तय गर्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय