काठमाडौं । नेकपा एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवार टुंगो लगाउन निर्देशन दिएको छ।

दुई दिनसम्म काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले मातहतका कमिटीलाई चैत मसान्तभित्र उम्मेदवार टुंगो लगाउन मातहतका कमिटीलाई निर्देशन दिएको हो । प्रचार विभाग उपप्रमुख विष्णु रिजालले तल्ला कमिटीलाई चैत मसान्तभित्रै उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिइएको जानकारी दिए ।

उनका अनुसार वडाले पालिकालाई, पालिकाले जिल्लालाई, जिल्लाले प्रदेश, प्रदेशले केन्द्रलाई उम्मेदवार सिफारिसको काम चैत मसान्तभित्रै गरिसक्नुपर्नेछ । वडादेखि महानगरसम्म सबै तहका लागि कम्तीमा एकजना महिलासहित तीनजनाको नाम सिफारिस गर्न निर्देशन दिइएको छ।

यस्तै, बैठकले स्थानीय तह निर्वाचन घोषणापत्रको तयारीका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदल सदस्यहरुमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव विष्णु रिमाल, पोलिटव्यूरो सदस्य देवेन्द्र दाहाल, मधेश प्रदेशका सहईन्चार्ज प्रभु शाह, पार्टीका बुद्धिजिवी परिषद् इन्चार्ज मनोजजंग थापा, नीति अनुसन्धान प्रतिष्ठानका सदस्य डा. युवराज खतिवडा, स्थानीय विकास विभागका उपप्रमुख प्रभा बराल, नेपाल बुद्धिजिवी परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटा र इञ्जीनियर सुशिल ज्ञवाली विज्ञका रुपमा रहेका छन् ।

त्यसैगरी, रिटर्नी फेडरेशन नेपालको इन्चार्ज डा. सुर्य पाठक र नेपाल उद्योग तथा व्यवसाय महासंघको इन्चार्ज भानुभक्त ढकाललाई तोकिएको छ । आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टीको उम्मेदवार छनौटका लागि ६ वटा मापदण्ड तय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय