काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमीमा जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको परिवारलाई भेटेकी छन् ।

आज प्रधानमन्त्री कार्कीले आन्दोलनमा मृत्यु भएका तीन जनाको परिवारलाई भेट्दै छिन् ।

जसअनुसार कार्कीले सुरुमा बागलुङ घर भई काठमाडौँको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई भेटेकी छन् ।

त्यस्तै नागर्जुन-३ की मृतक कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगरमा मृतक बुद्धिबहादुर तामाङको परिवारलाई पनि भेट्ने सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीसँग सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि देखिएका थिए ।

प्रधानमन्त्री कार्कीले यसअघि नै जेनजी आन्दोलनमा मृतक भएकाहरूको सम्झनामा दसैँमा टीका नलगाने बताइसकेकी छन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय