काठमाडौँ । महोत्तरीमा दसैँ मनाएर काठमाडौँ फर्किरहेका यात्रु चढेको बस आज बिहान बर्दिवास नगरपालिका–११, खयरमारामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।

महोत्तरी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी शैलेन्द्र भट्टका अनुसार आज बिहान ७ बजेतिर ना ६ ख १४६४ नम्बरको बस दुर्घटना हुँदा एकजना पैदल यात्रुसहित २ जनाको मृत्यु भएको हो।

भित्री सडकमा भएको बस दुर्घटनामा पैदलयात्री महोत्तरीको बर्दिबास नगरपालिका–१० का ७३ वर्षीय चुल्हाई चौधरी र बसकै यात्रु सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ का १० वर्षीय प्रवीण खड्काको मृत्यु भएको हो।

‘दुर्घटनामा घाइते भएका ३४ जनामध्ये ५ जनाको अवस्था गम्भीर छ’, डीएसपी भट्टले फोनमा नेपालखबरसँग भने।

खयरमाराबाट काठमाडौँतर्फ जाँदै गरेको बस खयरमारास्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयको पर्खाल भत्काउँदै नरिवलको रुखमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

घाइतेहरूको विवरण प्राप्त हुन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय