काभ्रे । जिल्लाको बनेपामा बसले ठाक्कर दिँदा मोटारसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार अरनिको राजमार्गअन्तर्गत बनेपामा बसले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रामेछापको रामेछाप नगरपालिका–२ का २८ वर्षीय सुनिल कुमार खड्का रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बनेपाबाट धुलिखेलततर्फ जाँदै गरेको बा २ ख ५२९४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ८१ प४२१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका खड्काको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जानकारी दिए ।
डिसपी खतिवडाले मोटरसाइकलमा पछाडी सवारमा सोही ठेगानाका २७ वर्षीय सन्तोष खड्का घाइते भएका बताए । उनका अनुसार घाइते खड्काको ललितपुरस्थित् मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयले बसका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।