महाभारत, काभ्रे । काभ्रेको महाभारत गाउँपालिकाबाट एक जना घाईतेको हेलिकप्टरबाट उद्धार गरिएको छ । महाभारत गाउँपालिका ८ घर्तिछापका ४६ बर्षिय दुधलाल मोक्तानलाई हेलिकप्टरबाट उद्धार गरिएको हो ।
मोक्तान यहि असोज १८ गते देखि परेको अविरल वर्षाका कारण घरको एकपट्टि पाखा भत्किई टाउकोमा गम्भीर चोट लागेको थियो । घर्तिछाप स्वास्थ्य चौकिमा सामान्या उपचार गरि थप उपचारको लागि काठमाडौं लानु पर्ने भएकाले वर्षाका कारण प्रमुख राजमर्ग तथा सबै सडकहरु अबरुद्ध भएकोले हेलिकप्टरद्धार उद्धार गरिएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार) बताए ।


मोक्तानलाई गाउँपालिका अध्यक्ष जिम्बाको पहलमा नेपाल सरकार ,नेपाली सेना र जिल्ला प्रशासन कार्यलय काभ्रेको सहयोगीमा हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।










