काभ्रे । प्रहरी हवल्दार दिपेश श्रेष्ठ जिल्लाको उत्कृष्ट प्रहरी घोषित भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले उनको कामको कदर गर्दै फाल्गुण महिनाको उत्कृष्ट प्रहरी (बेस्ट पोलिस अफ द मन्थ) घोषणा गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले अपराधिक क्रियाकलापहरुको नियन्त्रणमा निरन्तर खटिई उत्कृष्ट एवं सिर्जनशील ढंगले कार्यसम्पादन गरिरहेको हुँदा उनीद्वारा सम्पादित उत्कृष्ट कार्यको उच्च मूल्यांकन गर्दै सम्मान गरेको बताए ।
उनले निरन्तरताको अपेक्षा सहित अन्य प्रहरी कर्मचारीलाई समेत प्रोत्साहित गर्न श्रेष्ठलाई फाल्गुण महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जानकारी दिए ।
श्रेष्ठले विभागिय मूल्य÷मान्यता, आदेश÷निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गर्दै विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्न महवपूर्ण भूमिका निर्वाह गरेको जिल्ला प्रहरी कार्यालय काभ्रले जनाइृको छ ।