महाभारत,काभ्रे । नेकपा माओवादी केन्द्र महाभारत गाउँपालिकाको समितिले वडातहमा वडा पार्टी कार्यालय उद्धघाटन तथा स्थानीय निर्वाचन लक्षित राजनीतिक तथा वैचारिक प्रशिक्षण तिव्रता दिएको छ । स्थानीय तहको चुनाव नजिकिए संगै महाभारत गाउँपालिकाका विभिन्न वडामा वडा पार्टी कार्यालय स्थापना गर्दै अघि बढेको पाइएको हो ।

नेकपा माओवादी केन्द्र महाभारत गाउँपालिका वडा न.६ को आयोजनामा शुक्रबार वडा पार्टी कार्यालयको उद्घाटन तथा राजनीतिक तथा वैचारिक प्रशिक्षण गरिएको छ । आसन्न चुनावमा माओवादी केन्द्रलाई विजय बनाउनका लागी कार्यालय उद्घाटन गरिएको माओवादी केन्द्र महाभारत गाउँपालिकाको ईन्चार्ज सुजन लामाले जानकारी दिए ।

कार्यालयको उद्धघाटन तथा वैचारिक-राजनीतिक प्रशिक्षण दिनु हुदै नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य तथा महाभारत गाउँपालिका ईन्चार्ज सुजन लामाले गणतन्त्रलाई संस्थागत गर्न र आमजनताको पक्षमा उभिने पार्टि माओवादी केन्द्र भएको दाबी गरेका छन् ।देश, जनता, संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरूले निर्वाचनमा विजयी हुनुपर्ने बताए। माओवादीले हारे महाभारतको जनता र माओवादी केन्द्रलाई हानी हुने भएकाले जनताको हक अधिकारको लागि जसरी पनि महाभारतमा माओवादीले जित्नुपर्ने उनको तर्क छ।

त्यस्तै नेकपा माओवादी केन्द्रका महाभारत गाउँपालिका अध्यक्ष तथा पालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले जहाँ माओवादी केन्द्रले नेतृत्व गरेको छ, त्यहाँ जनपक्षीय भएर कार्य सम्पादन भएको उल्लेख गरे । पार्टिसंग नविन सोच, विचार भएका कारण देशब्यापी रुपमा माओवादीमय भएको बताए ।आगामी हुने स्थानीय चुनावमा माओवादीलाई जिताउन प्रत्येक आमजनताको घरदैलोमा पुग्न कार्यकर्तालाई उनले आग्रह गरे ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका क्रियाशील सदस्य भिम बहादुर मोक्तान सहित कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्र प्रवेश गरेका छन् । अजय मोक्तान, ज्ञान बहादुर मोक्तान,सुमन मोक्तान, चन्द्रमान मोक्तान, मन बहादुर मोक्तान ,कुल बहादुर मोक्तान, तिर्थमान वाईबा, सुशील घिसिङ र राजु लामा प्रवेश गरेका छन् । नव प्रवेश हरुलाई नेकपा माओवादी केन्द्र महाभारत गाउँपालिका इन्चार्ज सुजन लामा र अध्यक्ष कान्छालाल जिम्बाले स्वागत गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय