काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेमा ८ सय ३४ महिला र २ हजार ३ सय ३९ पुरुष गरी ३ हजार १ सय ७३ जना म्यादी प्रहरीको लागि आवेदन दिएका हुन् । सरकारले म्यादी प्रहरी भर्ना गर्न चैत ११ गते सम्म आवेदन दिने समय तोकेको थियो ।

म्यादी प्रहरीका लागि देखिएको यो भीडले नेपालको बेरोजगारीलाई चित्रण गरेको छ । म्यादी प्रहरी हुन चाहने बेरोजगार नागरिकको भीडले राजनीतिक दलहरूलाई गिज्याएको समेत देखिन्छ ।

म्यादी प्रहरी भएर ४० दिनको रोजगारीका लागि आवेदन भर्नेको भीड काभ्रेको धुलिखेलमा देखिएको थियो । वास्तवमा रोजगारीका अवसर वृद्धि गर्न सरकारले लगानीमैत्री नीतिसँगै ऊर्जाशील जनशक्ति र प्राकृतिक स्रोत साधनको परिचालन तथा उपयोग गर्न नसकिँदा बेरोजगारी बढेको हो ।

निर्वाचनपछि बनेका सबै सरकारले बेरोजगारी हटाउने भाषण गर्न नछोडे पनि शहरदेखि गाउँसम्म बेरोजगारी समस्या ह्वात्तै बढेको म्यादी प्रहरी भर्ना हुन आएको भीडले प्रष्ट देखाएको छ ।

नेपालको संविधान २०७२ को धारा ३३ मा मौलिक हकअन्तर्गत प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ भन्ने व्यवस्था छ । पाँच वर्षअगाडि २०७४ मा तीनै तहको निर्वाचन हुँदा सबै राजनीतिक दलले बेरोजगारी समस्या हल गर्ने नीति र कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

स्थानीय तहको पाँचवर्षे कार्यकाल सक्किनै लाग्दा र प्रदेश र संघीय सरकारको एक वर्ष मात्रै बाँकी रहे पनि बेरोजगारी समस्या भने जस्ताको त्यस्तै छ ।

पर्यटन क्षेत्रमा लगानी बढाउन सके रोजगारीको अवसर सिर्जना हुन सक्ने औंल्याइएको छ । त्यसैगरी उद्योग स्थापना तथा जलविद्युत्मा लगानी बढाउन सके रोजगारीका अवसर बढ्नेछ ।

सरकारले निजी क्षेत्रलाई लगानी गर्ने अवसर निर्माण गर्न नसक्दा बेरोजगारी बढेको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय