काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरूले ७० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई हवाई टिकटमा ५० प्रतिशत छुट दिने भएका छन् ।

यस सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघका प्रतिनिधिबीच आइतबार सहमति भएको हो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको अध्यक्षतामा संघका अध्यक्ष मनोज कार्की र सदस्य वायुसेवाका प्रतिनधिबीच भएको बैठकले यस्तो सहमति गरेको हो ।

प्राधिकरणका अनुसार भाडा दरमा छुट सबै सेक्टरका लागि उपलब्ध हुनेछ, छुट पाउने ५० प्रतिशत भनेको सरकारले तोकेको अधिकतम भाडा दरमा हो ।

त्यसैगरी ७५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई ७० प्रतिशत र ८० वर्षभन्दा माथिकालाई ८० प्रतिशत छुट दिइने छ ।

जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुलाई न्यूनतम ५० प्रतिशत छुट दिइने प्राधिकरणको भनाइ छ ।

छुट सहमति आइतबारदेखि नै कायान्वयन गर्न प्राधिकरणले वायुसेवा कम्पनीहरूलार्य निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय