
फिफा विश्वकप-२०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सहज जीत निकालेको छ । शनिबार बिहान भएको खेलमा भेनेजुयलालाई ३-० गोलले पराजित गर्दै अर्जेन्टिनाले आफ्नो अपराजित यात्रालाई कायम राखेको हो ।
घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनालाई जीत दिलाउन निकोलस गोन्जालेज, एन्जल डी मारिया र लियोनल मेस्सीले एक/एक गोल गरे । खेलको ३४ औं मिनेटमा रोड्रिगोको पासमा निकलोसले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ७९ औं मिनेटमा रोड्रिगोको पासमा डि मारियाले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।


८२ औं मिनेटमा डि मारियाको पासमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई ३-० गोलको सहज जीत दिलाए । जीतसँगै अर्जेन्टिना १६ खेलबाट ३८ अङ्कको साथ तालिकाको दोस्रो स्थानमा यथावत छ भने पराजित भनेजुयला १७ खेलबाट १० अङ्कको साथ दसौं स्थानमा छ ।