काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा जारी जेनजी र दलहरूसँगको छलफलमा एकपटकमात्रै छलफलले नहुने भन्दै निरन्तर संवादमा जोडिन आग्रह गरेकी छिन् ।

बालुवाटारमा अहिले त्रिपक्षीय वार्ता चलिरहेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार, जेनजी प्रतिनिधिहरूले आफ्ना कुरा छलफलमा राखिसकेका छन् ।

सरकार र दलका प्रतिनिधिका तर्फबाट धारणा राख्ने क्रम चलिरहेको छ ।

संवादको सुरुवातमा प्रधानमन्त्री कार्कीले सबैलाई आ-आफ्ना विचारहरू आदानप्रदान गर्न आग्रह गरेकी थिइन् ।

‘मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन,’ प्रधानमन्त्रीले सुरुवातमा राखेको आफ्नो भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।

उनले थ पभनेकी छिन्, ‘एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ । हामीले सुरुवात गरेका छौं ।’

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय