काठमाडौँ । ‘जेन–जी’ आन्दोलनले ल्याएको परिवर्तन संस्थागत गर्न २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ। त्यस्तै, आगामी फागुनमा राष्ट्रिय सभाका निर्वाचित १८ र एक मनोनीत गरी १९ सदस्यको ६ वर्षे कार्यकाल पूरा भएर उनीहरूको सिट रिक्त हुँदैछ। ती सिटमा माघ ११ मा निर्वाचन हुने भएको छ।
उपल्लो सदन राष्ट्रिय सभाको आगामी निर्वाचनबाट ‘जेन–जी’ उमेर समूहको प्रतिनिधित्व हुनसक्ला त भन्ने जिज्ञासा रहनु स्वाभाविक हो।


यो जिज्ञासा किन पनि स्वाभाविक छ भने २६ असोजमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेटका क्रममा पनि यो सन्दर्भ उठेको छ।
त्यो कुराकानीमा राष्ट्रिय सभामा ‘जेन–जी’ समूहको प्रतिनिधित्वबारे समेत कुरा उठेको अध्यक्ष दाहालले सञ्चारकर्मीहरूलाई बताएका थिए।










