काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीयमा ५० विकेट लिएका छन् । शनिबार घरेलु मैदानमा पीएनजीविरुद्ध जारी दोस्रो एकदिवसीयमा विकेट लिँदै सन्दीपले एकदिवसीयमा ५० विकेट पूरा गरेका हुन् ।

यससँगै विश्वमै सन्दीप एकदिवसीय क्रिकेटमा दोस्रो छिटो ५० विकेट लिने खेलाडी बनेका छन् । सन्दीपले २२ खेलमा ५० विकेट लिएका हुन् ।सन्दीपले ५० विकेटको रुपमा पीएनजीका चार्लेस अमिनीलाई सिकार बनाएका हुन् । राम्रो लयमा देखिएका अमिनी ३० बलमा ७ चौकासहित ३४ रन बनाउँदै पभिलियन फर्किए ।

जीतको लागि २ सय ७९ रनको लक्ष्य पछ्याएको पीएनजीले ताजा अवस्थामा १५ ओभरमा ३ विकेटको क्षतिमा ९० रन बनाएको छ । पीएनजीलाई जीतको लागि ३५ ओभरमा १ सय ८९ रनको आवश्यक रहेको छ ।

टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको नेपालले निर्धरित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ७८ रन बनाएको हो । नेपालको लागि दीपेन्द्र सिंह एरीले सतक प्रहार गर्दा देभ खनालले अर्धसतक पूरा गरे । दीपेन्द्रले १ सय ४० बलमा ७ चौकाको मद्दतमा १ सय ५ रन जोडे । देभ खनालले ७२ रन जोडे । उनले ८६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै अन्त्यमा कप्तान सन्दीप लामिछानेले बिस्फोट ब्याटिङ गर्दै ९ बलमा २ चौका र १ छक्काको सहयोगमा २४ रन बनाउँदा रोहित पौडेलले ३५ र भिम शार्कीले २६ रनको योगदान गरे ।

पीएनजीको लागि अलेइ नाओले ९ ओभरमा ४८ रन दिएर ३ विकेट लिँदा नोर्मान भानुआले २ र चद सोपर र चार्लेस अमिनीले १/१ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय